भारतीय साम्राज्यवादी अतिक्रमणविरुद्ध सम्पर्क मञ्चद्वारा पर्चा वितरण


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्चले काठमाडौँ, ललितपु र भक्तपुरका विभिन्न ठाउँहरुमा पर्चा वितरण गरेको छ । एकीकृत जनक्रान्ति – जिन्दावाद !, भारतीय साम्राज्यवाद – मुर्दावाद !, लिम्पियाधुरा, कालापानी, लिपुलेक – हाम्रो हो !, कालापानी , लिम्पियाधुरा, लिपुलेक – फिर्ता गर !, भारतीय साम्राज्यवादी अतिक्रमण – बन्द गर !, नेपाल कम्युनिस्ट पार्टी – जिन्दावाद ! जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति नेपाल लेखिएको पर्चा वितरण गरेको हो ।

उक्त पर्चा, काठमाडौँको बालुवाटार, चण्डोल, सुकेधारा, चावहिल, चक्रपथ, भारतीय दुतावास आसपास, गोगंबु, म्हैपी, बालाजु, सोह्रखुट्टे, बागबजार, सामाखुशी, टोखा, भक्तपुरको पेप्सीकोला, ललितपुर, जावलाखेल, लगनखेल, नयाँ बानेश्वर र संविधानसभा भवन वरिपरी लगायतका स्थानमा वितरण गरेको छ ।

पर्चा वितरण निश्चल थापाको नेतृत्वमा २५ जना सम्पर्क मञ्चका युवाले गरेको मञ्चका केन्द्रीय सदस्य खेम प्रधानले बताएका छन् र उक्त पर्चा वितरण अभियान जेठ ४ गतेसम्म रहने पनि बताए ।

भारतले नेपालको भूमि लिपुलेकमा अतिक्रमण गरेर सडक निर्माण गरेपछि नेपाल कम्युनिस्ट पार्टीले त्यसका विरुद्ध देशव्यापी सङ्घर्षका लागि नारा तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :