दिलीप चन्द थुनामुक्त


काठमाडौँ : नेकपाका नेता वीरजङ्गका छोरा दिलीप चन्द मङ्गलबार साँझ सर्वोच्च अदालतको आदेशमा चितवन जिल्ला अदालतबाट थुनामुक्त भएका छन् । बन्दी प्रत्यक्षीकरण निवेदनका आधारमा सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न जिल्ला अदालतलाई आदेश दिएको हो ।

बन्दी प्रत्यक्षीकरणको बहसमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता चिरञ्जीवी ढकाल, सन्तोष भण्डारी र लक्ष्मी (नानी) थापाले बहस गरेका थिए भने विपक्षीका तर्फबाट उपस्थित उपन्यायाधिवक्ता ज्ञानप्रसाद भुसालले बहस गरेका थिए ।

गत फागुन १९ गते कपिलवस्तुबाट अभद्र व्यवहारको आरोपमा गिरफ्तार गरिएका दिलीपलाई चैत २३ गते जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले तारेखमा छाडेको थियो । सोही दिन उनलाई कपिलवस्तुबाट प्रहरीले पुनः गिरफ्तार गरी नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो । त्यहाँबाट पनि उनलाई सोही मुद्दा लगाएर कावासोती हुँदै चितवन पुर्याइएको थियो ।

स्मरणीय छ, नेकपाका नेता वीरजङ्गलाई पनि सरकारले लामो समयदेखि दाङको तुलसीपुरमा बन्दी बनाएर राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :