नेपाली भूमि अतिक्रमणविरुद्ध धनगढीमा राँके जुलुस


धनगढी : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कैलालीले भारतीय साम्राज्यवादले नेपाली भूमिमा हस्तक्षेप गरेको विरोधमा बुधबार धनगढीमा राँके जुलुस निकालेको छ ।

साम्राज्यवादी मुलुक भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालको भूमि गुन्जी र लिपुलेक हुँदै धार्चुलाबाट चीन जोड्ने व्यापारिक मार्ग उद्घाटन गरिसक्दा पनि नालायक, राष्ट्रघाती वली सरकारले देखाएको उदासीनता र लाचारीपनका विरुद्ध अखिल (क्रान्तिकारी) कैलालीले राँके जुलुस निकालेको हो ।

जुलुसमा भारतीय साम्राज्यवाद मुर्दावाद !, सीमा मिच्न पाइँदैन !, नालायक, लाचार सरकार मुर्दावाद !, लिपुलेक, कालापानी हाम्रो हो !, कालापानीबाट भारतीय सेना फिर्ता गर ! लगायत नारा लगाइएको कैलालीबाट प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :