काठमाडौँका १५ ठाउँमा जलाइयो मोदीको पुतला


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ जिल्लाको अगुवाइमा वैशाख २९ र ३० गते १५ स्थानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतलादहन गरिएको समाचार प्राप्त भएको छ ।

नेकपा काठमाडौँले गोकर्णेश्वर नगरपालिकाअन्तर्गत जोरपाटीचोक, बाहुनधारा, नयाँ बस्ती र पँधेरो पाखामा मोदीको पुतला जलाएको छ । त्यसैगरी तारकेश्वर नगरपालिकाअन्तर्गत तारकेश्वर भ्यु टावर, कीर्तिपुर, पाँगा, सतुङ्गलमा पनि मोदीको पुतला जलाइएको छ ।

प्राप्त समाचारअनुसार अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय परिसर, कीर्तिपुर, बूढानीलकण्ठ, तल्लो भङ्गाल, काठमाडौँ महानगरपालिकाका कोटेश्वर, जडीबुटी, इन्द्रचोक, बौद्ध, ताहाचल, कलङ्की र नयाँबजारमा मोदीको पुतला जलाएको छ । पुतलादहन कार्यक्रममा जनसहभागिता उल्लेख्य रहेको जनाइएको छ ।

नेपाली भूमिमाथि भारतीय साम्राज्यवादी अतिक्रमणका विरुद्ध नेकपा काठमडौँले चरणबद्ध सङ्घर्ष अगाडि बढाएको जिल्ला कार्यालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :