दोलखामा ड्रोनद्वारा जासुसी : मेनुका

jisnu upreti menukaजिस्नु उप्रेती ‘मेनुका’

असार ४ गते बिहान करिब ५ बजे र २०–२५ मिनेटतिर हाम्रो घरको छानोमाथि हुँदै एउटा ड्रोन उड्यो । स्थानिय छिमेकीहरु र हामी त्यसलाई हेरेर बस्यौँ । कसले उडायो होला भनेर शंका–उपशंका बिचमा कहाँ (कता) जाने हो भनेर । त्यो ड्रोन क्यामेरा हाम्रो घरमाथि हुँदै कालिञ्चोकतिर हानियो र हाम्रो दृश्यबाट गायब भयो । करिब १५ मिनेटपछि त्यो पुनः देखा प¥यो र हाम्रै घरमाथि हुँदै पानोरामा रिसोर्टमा बस्न लाग्यो । मैले तत्कालै नजिक रहेका जनयुद्धका सहिद क. हेमन्तका छोरा तथा पेशाले जनप्रकाशका पत्रकारलाई खबर गरेँ र हामी दुवै पानोरमा रिसोर्टमा पुग्यौँ । त्यहाँ पुग्दै गर्दा पुनः अलि सानो आकारको अर्को ड्रोन करिब २० फिट माथि उड्न लागेको देख्यौं साथै हामीले त्यो ड्रोन उडाउन लागेका दुईजना पर्यटकहरुलाई पनि देख्यौै । उनीहरुले पनि हामीलाई देखे । हामीलाई देख्नासाथ ती ड्रोन हतपत लिएर उनीहरु कोठाभित्र पसेर डामडुम ढोका बन्द गरे । अनि हामीलाई झन् शंका लाग्यो । ढोका खोल्न अनुरोध ग¥यौँ, ढोका खोलेनन् । फेरी हामीले जोडले ढोका ढक्ढक् ग¥यौँ बल्ल खोले । त्यहाँ दुवै पर्यटकसँगै थिए । हामीलाई देखेपछि हतपत ढोका लगाएका पर्यटक मध्ये एक जना मंगोलियन जस्ता र अर्का अमेरिकन जस्ता देखिन्थे । तीमध्ये मंगोलियन जस्ता देखिने पर्यटक बाहिर निस्के र झोक्किदै बोले के भयो ? उनीहरु हामीसँग रिसायजस्तो लाग्यो र हामीले हँसिलो पाराले भन्यौ हामीले आकाशमा केही कुरा देख्यौ सायद त्यो ड्रोन क्यामारा थियो यसबारे उनी बोलेनन् उल्टै प्रतिप्रश्न गरे :– “तिमीहरु यहाँका कामदार हौ?” हामीले भन्यौ हैन हामी यहाँका स्थानीय हौँ ।

19250808_822991537856577_995661353770929895_o

“त्यसो भए के त?” भनेर उनले भने हामीले भन्यौ ड्रोन क्यामेरा उडाउन तपाईले पर्यटन बोर्ड प्रशासनको अनुमति लिन पथ्र्यो हामी त्यो हेर्न चाहन्छौँ । उनले अशिष्टतापूर्वक झर्किएर बोले ‘के हेर्न चाहन्छौ’ हामीले भन्यौ भिडियो । उनी एकछिन टोलाए र त्यहाँबाट रिसोर्टको भान्सातिर हामीलाई लिएर गए अनि भिडियो देखाउन थाले । भिडियो देखाउदै गर्दा उनले सोधे तिमीहरु प्रहरी हौ ? । हामीले भन्यौ हैन । हामी कानुन र पत्रकारितामा रुची राख्ने र चिन्ता राख्नेहरु हौँ । उनले (पर्यटकले) भने “म जासुस हैन” दृश्य राम्रो लागेर मात्र मैले खिचेको हुँ । त्यसपछि उनले आफु युनिसेफमा काम गर्ने बताउदै उक्त संस्थाको लोगो भएको ल्याबटब देखाए र नेपालको कानुनको बारे आफू जानकार रहेकाले सम्झाइरहनु नपर्ने बताए । हामीले ड्रोनले खिचेको भिडियो अवलोकन गर्न चाहेको दोहो¥याएपछि उनले ल्यापटपको एउटा भिडियो देखाए त्यहाँ धेरै भिडियोहरु थिए । भिडियोमा व्यारेक, प्रशासन, डाँडाकाँडा र सडकमा रहेका मान्छे साथै तामाकोशीका स–साना ढुङ्गासमेत देखिन्थ्यो । उसले बिचैमा बन्द ग¥यो । हामीले सोध्यौ, यसले (यो ड्रोनले) कति किमीसम्मको खिच्छ ? उसले भन्यो सात किमी अझै हामी सन्तुष्ट थिएनौै । उसले बुझ्यो यति नै बेला ती अमेरिकन जस्ता देखिने पर्यटक पनि हामी भएकै ठाउँमा आए । उनी अलि बढी नै छटपटीमा थिए । फेरी होटल साहु टोप बहादुर हातमा पोर्टेबल हार्डड्रिङ्स बोकेर आए विदेशीले हामीलाई सोध्यो “तिमिहरुसँग कम्प्युटर छ” भनेर सोध्यो हामीले छ भन्यौ र हामीले पेनड्राइभ दियौँ । अमेरिकन जस्तो देखिनेले सोध्यो यो पेनड्राइभको क्षमता कति छ ? ती फाइल टोपबहादुरको हार्डडिक्समा पनि दियो ।

हामीतिर देखाउँदै त्यो मंगोलियन जस्तो देखिने पर्यटकले होटल साहुसँग भन्यो यी यो देशका सचेत नागरिक रहेछन् । हामी धन्यबाद भन्दै घरमा आयौँ र पेनड्राइभको भिडियो हेर्न खोज्यौ ल्याबटब र टि.भी दुवैमा खुलेन तत्कालै हार्डडिक्स दिएर मैले जनप्रकाशका संवाददातालाई लिन जानुस् भनें उनी गए तर होटलका साहु टोपबहादुरले उनलाई बिचमै रोकेर भनेछन्,“भाइ उनी युनिसेफका ठूला मान्छे हुन् । उनीसँग माग्नु पर्देन मसँग छ म अहिले पछि दिन्छु” भनेर जनप्रकाशका संवाददाताले भनेछन् हामी आज दिउँसो काठमाण्डौ जान्छौ अहिले नै दिनुहोस भन्दा, केही समयपछि दिइहाल्छु म पनि भोलि काठमाडांै जान्छु भन्दै केही समयपछि आजै दिन्छु भनेछन् र उनलाई फर्काई दिएछन् । हामी केही काम सकेर फेरी त्यो भिडियोबारे बुझ्दा त होटल साहु काठमाडौं हिडिसकेछन् । प्रशासन कार्यालय, व्यारेक, डिएस्पी कार्यालय हुँदै उडेको ड्रोन सुरक्षाकर्मीले थाहा नपाउनु र पटकपटक फोन गरेर तत्काल जानकारी दिँदा पनि ती मंगोलियन मूलका जस्ता देखिने पर्यटकलाई मात्र समातिनु र मुख्य योजनाकार जस्ता देखिने अमेरिकी मूलको विदेशी पर्यटकलाई नसमातिनुले प्रहरी प्रशासनमासमेत प्रश्न उठेको छ ।

19149050_821455881343476_8360270857734632063_n

प्रशासन कार्यालयमा हामीले सम्पर्क गर्दा उक्त विदेशी युविसेफको लगानीमा स्वास्थ्यको नवनिर्मित भवन हस्तान्तरण गर्न आएको बुझिन आयो, साथै उक्त भवन हस्तान्तरण पछि मात्र उनलाई हिरासतमा लिने भन्दै कुनै एकजना युनिसेफका सामान्य कर्मचारीको जिम्मामा छोडिएको बुझ्यौँ । साथै जिल्ला प्रहरी प्रमुखले ड्रोन र ल्याबटब कब्जामा लिएर उनलाई पर्सिको दिन (६ गते) भवन हस्तान्तरण गरेपछि समातिने गरिछोडिदिएको भन्ने जानकारी पायौँ । यति भन्दै गर्दा लाग्यो एउटा ज्यानमाराको हतियार कब्जामा लिएर ज्यानमारालाई उन्मुक्ति दिन मिल्ने रहेछ ! फेरि उसैको हातबाट भवन हस्तान्तरण ! हामीले तल्काल फोन ग¥यौँ । अरु जो कोहि युनिसेफका प्रतिनिधिबाट गराउनुस तर टाइरिङ थ को हातबाट नगराउनुहोस् ।गलत हुन्छ, भन्यौ त्यसपछि उक्त कार्य नै रोकियो हाम्रो उदेश्य यो कार्यनै रोक्नु थिएन् । अर्को व्यक्ति जो अमेरिकन जस्तो देखिन्थे । उनको बारेमा असार ४ गते नै जानकारी दिइएको थियो तर उनको बारेका केहि थाहा नभएको भन्दै उन्मुक्ति दिइएको बुझिएको छ । प्र.जि.अ सँग यस विषयमा कुराकानी गर्दा आफूले निर्देशन दिइसकिएकोले समाइसकेको हुनुपर्ने हो जस्तो जवाफ मात्र पाइयो । ठूलो ड्रोन नै गाएब गर्ने अपराधिलाई उम्किन सहज गराउने जस्ता कार्यमा को को संलग्न छन् । गृह प्रशासन राजनीतिक दलहरु जो आफूलाई राष्ट्रवादी भनाउन दिलो ज्यान दिएर लागि परेका छन् । उनीहरु किन चुप छन्? खोजीको विषय बनाइनुपर्छ ।

भिडियोसहित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :