मिर्गौला तस्करी गर्दै मनमोहन अस्पताल

EditedFINAL-VIEW

काठमाडौं/असार २१ : नेकपा (एमले)का नेता तथा सभासद राजेन्द्र पाण्डेलगायतको लगानी रहेको काठमाडौं, सोह्रखुट्टेस्थित मनमोहन मेमोरियल अस्पताल मिर्गौला तस्करीमा संलग्न रहेको रहस्योद्घाटन भएको छ । नुवाकोट, विदुर–१२ का शिवप्रसाद रिमालको पत्थरी शल्यक्रिया गर्ने क्रममा तस्करी गर्ने नियतले विरामीको मिर्गौला नै निकालिएको हो । सल्यक्रिया गरेको स्थानबाट अत्यधिक रक्तश्राव भएर विरामीको अवस्था गम्भीर भएपछि अस्पतालले हतारहतार विरामीका आफन्तसँग दबावमा ५ बुँदेदे सहमती गरेको हो । २५ जेठमा पत्थरीको सल्याक्रियाका लागि रिमाल उक्त अस्पतालमा भर्ना भएका थिए । डा. गुणराज श्रेष्ठको टोलीले सो सल्यक्रिया गरेको थियो । विरामीका आफन्तसँग गरेको बदनियतपूर्ण सहमती हेर्दा घटना स्वतः अपराधीक मनसायले गरेको देखिन्छ । विरामी रिमाले दबाव र प्रलोभनमा पारेर गरिएको सम्झौता मान्य नहुने बताएका छन् । नेकपा (एमाले) नेतृत्वको सरकार हुँदा सो अस्पतालले सरकारी शक्ति दुरुपयोग गरेर नाजायज फाईदा लिन खोज्दा विवादमा पर्दै आएको थियो । यो अस्पताल मानव अङ्ग तस्करीमासमेत संलग्न भएको रहस्य खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :