चितवनमा मोदीको पुतला जलाइयो


चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवनले पुर्व पश्चिम राजमार्गमा मोदीको पुतला जलाएको छ । नेपाली भूमि लिपुलेक, कालापानीलगायत कयौं भूमिमाथि भारतीय साम्राज्यवादले अतिक्रमण गरेका विरुद्धमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला जलाएको हो ।

राप्ती नगरपालिका, हर्दी पुर्व पश्चिम राजमार्गमा भएको पुतला दहन कार्यक्रमको नेतृत्व जगदिशले गरेका थिए । कार्यक्रममा युवा नेता, अखिल (क्रान्तिकारी) चितवनका संयोजक रेम्बोर्जे लामालगायत विद्यार्थी नेताहरु पनि सहभागी भएका थिए ।

भारतीय साम्राज्यवाद मुर्दावाद ! लिपुलेकमा सडक निर्माण बन्द गर ! कालापानी र लिम्पियाधुरा हाम्रो हो ! भन्दै स्थानीयको उपस्थितिमा मोदीको पुतला जलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :