अखिल (क्रान्तिकारी)द्वारा भरतपुरमा विरोध प्रदर्शन


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) चितवनका विद्यार्थीहरुले सोमबार नेपालको भूमि अतिक्रमण गर्दै सडक निर्माण कार्य गरेका भारतीय साम्राज्यवादको विरोध गर्दै भरतपुर महानगरपालिका चौबीस कोठीमा प्रदर्शन गरेका छन् ।

कार्यक्रमको नेतृत्व अखिल (क्रान्तिकारी) चितवन जिल्लाका सचिवालय सदस्य तथा इकाई अध्यक्ष सुमन श्रेष्ठ (साम्राट)ले गरेका थिए भने मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का विद्यार्थी नेताहरुको सहभागितामा विरोध प्रदर्शन गरेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :