अखिल क्रान्तिकारी र नेविसङ्घ भारतीय हस्तक्षेपविरुद्ध सङ्घर्षमा

काठमाडौँ : भारतले नेपालको लिपुलेक हुँदै सडक निर्माण गरेको विरोधमा अखिल क्रान्तिकारी सेती–महाकाली ब्युरो र नेविसङ्घले सङ्घर्षका लागि आह्वान गरेका छन् । अखिल क्रान्तिकारी सेती–महाकाली ब्युरोका संयोजक वीरेन्द्र शाह र नेविसङ्घका निमित्त केन्द्रीय सहमहामन्त्री अच्युतराज कलौनीले संयुक्त विज्ञप्ति जारी गर्दैै सरकारसँग उक्त सडक मार्ग रोक्न र लिम्पियाधुरा–लिपुलेक र कालापानीबारे निर्णायक आवश्यक पहलकदमी लिन पनि जोडदार माग गरेका छन् ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘भारत सरकारद्वारा भारतको धार्चुलादेखि मानसरोवरसम्म जाने सडकमार्गको उद्घाटन गरेको छ । त्यो सडकखण्ड हाम्रो नेपालको दार्चुला जिल्लासँग जोडिएको नेपाली भूमि लिम्पियाधुरा–लिपुलेक–कालापानीभित्रबाट लगिएको छ । भारतद्वारा नक्कली काली नदीको मुहान खडा गरी बर्सौंदेखि उक्त नेपाली भूमिबारे विवाद गर्दै आफ्नो कब्जामा राखेको छ । भारतको उक्त हस्तक्षेपकारी र विस्तारवादी कदमको घोर भत्र्सना र कडा निन्दा व्यक्त गर्दछौँ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यति हुँदासम्म पनि नेपाल सरकार र यसको प्रशासन बेखबर र मौन छ । राज्यको मौनता र बेखबरपनले सरकार चलाइरहेका शासकहरूको नियतमाथि पनि प्रश्न खडा भएको छ । विगत लामो समयदेखि हामी सबै नेपाली जनता लिपुलेक र कालापानीको विषयलाई लिएर सङ्घर्षरत छौँ तर नेपाल सरकारको लाचारी, गुलामी र दास मनोवृत्तिका कारण भारतले हस्तक्षेप बढाउँदै लगेको छ । हामी सरकारसँग उक्त सडक मार्ग रोक्नका लागि र लिम्पियाधुरा–लिपुलेक र कालापानीबारे निर्णायक आवश्यक पहलकदमी लिन जोडदार माग गर्दछौँ । साथै सम्पूर्ण विद्यार्थी साथीहरूलगायत आमजनसमुदायमा राष्ट्रिय स्वाधीनता र माटोको रक्षार्थ आफ्नो आवाज बुलन्द गर्न र आवश्यक सङ्घर्षका लागि तयार रहन अपिल गर्दछौँ !’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :