नेकपा नेत्री बन्धु चन्द १४ महिनापछि रिहा

काठमाडौँ : नेकपाको जनवर्गीय सङ्गठन अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की केन्द्रीय अध्यक्षसमेत रहेकी नेकपाकी केन्द्रीय सदस्य बन्धु चन्द १४ महिना लामो जेल र हिरासत बसाइपछि मङ्गलबार कपिलवस्तुको तौलिहवाबाट रिहा भएकी छिन् ।

२०७५ साल फागुन ११ गते नेत्री चन्दलाई प्रहरीले अछामबाट गिरफ्तार गरेर प्रहरीले विभिन्न आरोप थप्दै कयौँ जिल्लामा घुमाएको थियो । चन्दलाई गिरफ्तार गर्दा नेकपामाथि प्रतिबन्ध लागेको थिएन ।

नेत्री चन्दलाई अछाम, बाँके, बर्दिया, कैलाली, पुनः बर्दिया, पुनः बाँके र दाङका जेल र हिरासतमा राखिएको थियोे । उनलाई यसरी पटकपटक गिरफ्तार गरी जेल र हिरासत राख्दा सरकारले कुनै पनि आरोप प्रमाणित गर्न सकेको थिएन । जति जेल र हिरासतमा राखे पनि कुनै प्रमाण नभेटिएको भन्दै पटकपटक जिल्ला प्रशासन कार्यालयहरूले छोड्ने आदेश दिने तर प्रहरीले माथिको आदेश भन्दै गिरफ्तार गर्दै आएको थियो । नेत्री चन्दलाई रिहा गर्न भन्दै सर्वोच्च अदालतबाट मङ्गलबार आदेश आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :