नेकपाका चितवन जिल्ला सेक्रेटरी विजय गिरफ्तार

चितवन : केपी वली सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्ध जागरण अभियान सञ्चालनमा रहेका नेकपाका चितवन जिल्ला सेक्रेटरी दुर्गाप्रसाद सुवेदी ‘विजय’ लाई गिरफ्तार गरेको छ ।

नेकपा स्रोतले दिएको जानकारीअनुसार कोरोना भाइरस सङ्क्रमणको चपेटामा परेका पीडितहरूलाई सहायता सामग्री वितरण गर्दै गरेको अवस्थामा प्रहरीले विजयलाई मङ्गलबार साँझ साढे ६ बजे भरतपुर ११ स्थित घरनजिकैको टोलबाट गिरफ्तार गरेको हो ।

मुलुक कोरोना सङ्क्रमणको चपेटामा पर्दै गएको समयमा कोरोना भाइरसविरुद्ध स्वास्थ्य सामग्री किन्दासमेत भ्रष्टाचार गरेर बदनाम भएको र सत्ता लुछाचुँडीमा निर्लिप्त भएर जनताबाट आलोचना खेपिरहेको केपी वली सरकार नेकपाका नेता–कार्यकर्तालाई बिनाकारण गिरफ्तार गरेर जनसमुदायको ध्यान अन्यत्र मोड्न क्रियाशील रहेको छ ।

स्मरणीय छ, मङ्गलबारै वली सरकारको रामबहादुर थापा गृह प्रशासनले सख्त बिरामी परेर उपचारमा रहेका नेकपाका केन्द्रीय सदस्य एवम् रातो खबर साप्ताहिकका निर्देशकसमेत रहेका साहित्यकार एवम् संस्कृतिकर्मी अनिल शर्मा ‘विरही’ लाई उपचारमा रहेकै समयमा चितवनबाट गिरफ्तार गरेको छ भने इलामलगायत स्थानबाट पनि नेकपाका कार्यकर्तालाई गिरफ्तार गरेर हिरासतमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :