नेकपा नेता वलीलाई प्रहरीले फेरि बेपत्ता बनायो

बुटवल : नेपाल कम्युनिस्ट पार्टीका नेता पुरणबहादुर वलीलाई कपिलवस्तु जिल्ला प्रशासन कार्यालयको परिसरबाट पुनः गिरफ्तार गरी बेपत्ता बनाइएको छ । वलीलाई प्रहरीले पुनः गिरफ्तार गरेर बेपत्ता बनाएको पारिवारिक स्रोतले बताएको छ ।

वलीलाई २०७६ भदौ २४ गते बर्दिया नगरपालिका वडा नं. ५ ब्यारेक टोलबाट प्रहरीले गरिफ्तार गरी विस्फोटक पदार्थसम्बन्धी मुद्दा दर्ता गरेको थियो । त्यसपछि वली २०७६ माघ २७ गते थुनामुक्त भए पनि पुनः गिरफ्तार गरी दाङ ल्याएर अभद्र व्यवहारको मुद्दा दर्ता गरी २०७६ फागुन २१ गते जिल्ला प्रशासन कार्यालयबाट १० हजार धरौटीमा रिहा गर्न आदेश भएको थियो तर उनलाई जेल चलान गरिएको थियो ।

२०७६ चैत २ गते धरौटी बुझाएपछि वलीलाई दाङबाट रिहा गरिए पनि पुनः प्रहरीले गिरफ्तार गरी बाँकेमा अभद्र व्यवहारको मुद्दा दर्ता गरेको थियो । २०७६ चैत २७ गते उनलाई ५ हजार धरौटीमा रिहा गर्न आदेश दिइए पनि अदालत परिसरबाट पुनः गिरफ्तार गरी कपिलवस्तु ल्याइएको थियो । कपिलवस्तुमा पनि उनलाई अभद्र व्यवहारको मुद्दा दर्ता गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :