नेकपाका जिल्ला इन्चार्ज कोइरालासहित ३ जना गिरफ्तार

इलाम : नेपाल कम्युनिस्ट पार्टीका इलाम जिल्ला इन्चार्ज पुष्प कोइरालासहित तीनजनालाई गिरफ्तार गरेको छ ।

इलामको माई नगरपालिका ९ बोरुङबाट गएराति कोइरालासहित नेकपाका अन्य दुईजनालाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । गिरफ्तारीमा पर्नेहरुमा ताप्लेजुङ लिकुखोला घर भएका २४ वर्षीय पासाङ शेर्पा र उदयपुरका पासाङ तामाङ छन् ।

बास बसेकै ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिएर दानाबारी हुँदै जिल्ला प्रहरी कार्यालयमा पुर्याइएको इलाम प्रहरीले पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :