रातो खबर साप्ताहिकका निर्देशक अनिल शर्मा ‘विरही’ अस्पतालबाटै गिरफ्तार

चितवन : रातो खबर साप्ताहिकका निर्देशक अनिल शर्मा ‘विरही’ लाई प्रहरीले अस्पतालबाटै गिरफ्तार गरेको छ ।

चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार गराउन गएका नेकपाका केन्द्रीय समिति सदस्य तथा प्रकाशन विभागका इन्चार्जसमेत रहेका शर्मालाई मङ्गलबार बिहान त्यहीँबाट प्रहरीले गिरफ्तार गरेको हो ।

सुगरलगायत विभिन्न रोगले ग्रस्त शर्मालाई उपचार गर्नसमेत नदिई गिरफ्तार गरिएको जानकारी पारिवारिक स्रोतले दिएको छ ।

विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको समयमा रातो खबर साप्ताहिकका निर्देशक, कवि, निबन्धकार एवम् सांस्कृतिक चिन्तक अनिल शर्मा ‘विरही’ लाई उपचार गराइरहेको अवस्थामा चितवनमा अस्पतालबाटै गिरफ्तारी गर्नुले केपी वली सरकारको ध्यान कोरोना सङ्क्रमणको रोकथाममा भन्दा पनि नेकपाका नेता, कार्यकर्ता, पत्रकार, कविलगायतलाई गिरफ्तार गर्नमा केन्द्रित भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :