नेकपा नेता वीरजङ्गका छोरा दिलीप अदालतपरिसरबाटै पुनः गिरफ्तार


काठमाडौँ : देशभर कोरोनाको उच्च जोखिम बढेको छ । यही कारण देखाएर सरकारले एकातिर लकडाउन थपिराखेको छ भने अर्कातिर नेकपाका नेता, कार्यकर्ता र समर्थक–शुभचिन्तकहरुलाई गिरफ्तार गर्ने, अदालतले रिहा गर्न आदेश दिएकाहरुलाई पुनः गिरफ्तार गरेर हिरासत सार्ने काम गरिरहेको छ । नेकपाका महासचिव विप्लवका दाजुसमेत रहेका नेकपाका नेता वीरजङ्गका छोरा दिलीप चन्दलाई प्रहरीले नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट पुनः नियन्त्रणमा लिएको छ ।

सर्वोच्च अदालतको आदेशमा जिल्ला अदालतबाट थुनामुक्त भएका दिलीपलाई प्रहरीले सोमबार पुनः नियन्त्रणमा लिएको हो । बन्दी प्रत्यक्षीकरण निवेदनका आधारमा सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न जिल्ला अदालतलाई आदेश दिएको थियो । सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै नेपाल बार एसोसिएसनका प्रतिनिधिको रोहबरमा दिलीपलाई थुनामुक्त गरिएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट आएका प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरेका हुन् ।

गत फागुन १९ गते कपिलवस्तुबाट अभद्र व्यवहारको आरोपमा गिरफ्तार गरिएका दिलीपलाई चैत २३ गते जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले तारेखमा छाडेको थियो । सोही दिन उनलाई कपिलवस्तुबाट प्रहरीले गिरफ्तार गरी नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो । त्यहाँबाट पनि उनलाई सोही मुद्दा लगाएर कावासोती पु¥याइएको थियो ।

स्मरणीय छ, नेकपाका नेता वीरजङ्गलाई पनि सरकारले लामो समयदेखि दाङको तुलसीपुरमा बन्दी बनाएर राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :