चितवनमा यात्रुबाहक दुर्घटना/३ मृत्यु,५ गम्भीर

chitwan-map-770x439_cडीलकुमारी नेपाल/चितवन, असार २० : चितवनको ईच्छाकामना गाउँपालिका-३ स्थित चुम्लिङटारमा एउटा यात्रुबाहक साधन अनियन्त्रित भई पल्टिंदा घाइते , आठजना मध्ये तीन जनाको मृत्यु भएको छ । अन्य ५ जनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भएरहेको चितवनका प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार मृत्यु हुनेमा प्रहरीको केन्द्रीय कार्यदल काठमाडौंमा कार्यरत प्रहरी जवान ३२ बर्षका राजकुमार थारु र उनकी २ महिनाकी छोरी तथा कैलाली घर भएका ४५ बर्षका यात्रुबाहक चालक दिनेश रानामगर रहेका छन् । मृतक श्रीमतीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । काठमाडौंबाट धनगढी जान आउँदै गरेको ना ६ ख २४६८ नम्बरको यात्रुबाहक साधन अनियन्त्रित भई पल्टिंदा विहान करिव पौने ३ बजेको समयमा उक्त दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :