उत्तर-कोरियाद्वारा फेरि गर्यो शक्तिशाली क्षेप्यास्त्र परिक्षण

_96793481__95649104_039003808काठमाडौं/असार २० : उत्तर कोरियाद्वारा अर्को ‘सी अफ जापान’ मा शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । जापानले दावी गर्दै आएको जलक्षेत्रमा क्षेप्यास्त्र खसेको जापानका रक्षामन्त्रीलाई उद्धृत गर्दै जापानको एनएचके न्यूजले जनाएको छ । उत्तरी प्योङगान प्रान्तबाट स्थानीय समय अनुसार मंगलबार बिहान ९ बजेर ४० मिनेटमा क्षेप्यास्त्र परीक्षण गरिएको दक्षिण कोरियाली सेनाले जनाएको छ । सो क्षेप्यास्त्रले विश्वमा जहाँसुकै रहेको निशानामा आक्रमण गर्न सक्ने भन्दै उत्तर कोरियाको सरकारी टेलिभिजनमा घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :