काठमाडौँमा बन्दाबन्दीको व्यापक उल्लंघन


काठमाडौँ : सत्तारुढ पार्टी र सरकारमा भएको अराजकता र अविस्वासको प्रभाव काठमाडौँसहित देशभरी गरिएको ‘लकडाउन’ अर्थात बन्दाबन्दीमा पनि परेको छ । सरकारप्रतिको घृणा र असन्तुष्टि सरकारी आदेशको उल्लंघनको रुपमा प्रकट भएको छ ।

बुधबार विहान ८ बजेसम्म काठमाडौँ ट्राफिक प्रहरीको सूचना अनुसार ११ सय सवारी साधन कारवाहीमा परिसकेका छन् । विहान ८ बजेसम्म १ सय ५७ वटा सवारी दुर्घटना भएका र त्यसक्रममा ८ जनाको मृत्यु भएको छ । मापसे गरी सवारी साधन चलाउने २१ जना चालक कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ । त्यसक्रममा ४ जना ट्राफिक प्रहरी दुर्घटनामा परि घाइते भएका छन् । बन्दाबन्दी शुरु भएको दोस्रो दिन चैत १२ गते दिनभरीमा जम्मा ११ सय ६३ सवारी साधन कारवाही परेका थिए भने आज विहान ८ बजेभित्र सो संख्या ११ सय पुगिसकेको छ । अपरान्हसम्म बन्दाबन्दी तोड्ने सवारीको संख्या हजारौं पुग्ने देखिन्छ ।

देशभरी नै बन्दाबन्दी तोड्ने सवारी साधन र पैदल यात्रीको संख्या बढेको सूचना प्राप्त भएको छ । यसप्रकारको अवस्थालाई सरकारप्रतिको आक्रोस, अविस्वास र विद्रोहात्मक मनोविज्ञानको दृष्टिले हेरिएको छ । सरकारनै अपहरण, गिरफ्तारी, भ्रष्टाचारमा तल्लिन भएको र जनताप्रति बेसरोकार भएको अवस्थामा नागरिकहरु सरकारको आदेशप्रति पछिल्लो समयमा असन्तुष्ट हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :