कोरोना अस्पतालका सामान चोर कर्मचारीलाई सरकारले कारबाही नगरे हामी गर्छौं : नेकपा


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी चितवनले जनताको रगत–पसिनाबाट भरतपुरमा निर्मित कोरोना अस्पतालका सामान चोर्ने कर्मचारीलाई सरकारले तत्काल कारबाही नगरे पार्टीले कारबाही गर्ने चेतावनी दिएको छ । पार्टीका जिल्ला सेक्रेटरी विजय शर्माले मङ्गलबार प्रेस विज्ञप्ति गर्दै यस्तो चेतावनी दिएका हुन् ।

सेक्रेटरी शर्माको विज्ञप्तिमा भनिएको छ, ‘विश्व–जनसमुदाय आज कोरोना भाइरस (कोभिड–१९) ले आक्रान्त छ । नेपाल पनि यसबाट अछुतो छैन । आज कोरोना भाइरसका विरुद्ध हामी नेपाली जनता एकताबद्ध भई लडिरहेका छौँ । मानवजातिमा दर्दनाक र भयावह स्थिति उत्पन्न भएको छ । अझ हुँदा खाने जनताहरू भोकभोकै बसेर यो विपत्को सामना गरिराखेको स्थिति छ । यस्तो विषम परिस्थितिमा यहाँका दलाल सत्ताधारीद्वारा संरक्षित कर्मचारीहरूले नेपाली जनताको रगत र पसिनाद्वारा निर्माण गरिएको भरतपुुर कोरोना अस्पतालमा चोरी गरेको घटना यही २०७७ वैशाख १६ गते विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक भएकाले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हाम्रो पार्टी यस्तो घृणित कार्यप्रति रोष प्रकट गर्दछ । यो घटनामा संलग्न कर्मचारीमाथि तुरुन्त कडाभन्दा कडा कारबाहीको जोडदार माग गर्दछौँ । अन्यथा यस घटनालाई टालटुल पारी दोषी व्यक्तिलाई उन्मुक्ति दिने कार्य गरिएमा हाम्रो पार्टी त्यस्ता व्यक्तिहरूमाथि कारबाही गर्न बाध्य हुनेछ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :