सामुदायिक विद्यालयबाट पाल्पाका मियाँले ल्याए/मुस्लिम समुदायमै अब्वल नतिजा

मियाँ
अमृत अधिकारी/पाल्पा/असार २० : जिल्लाको सामुदायिक विद्यालयबाट २०७३ सालको एसइइ परीक्षामा शहिदवक्स मियाँले मुस्लिम समुदायमै सर्वोत्कृष्ट नतिजासहित उत्तिर्ण हुन सफल भएका छन् । सिम्बोल नं. ०४५४४४७ (एस) रहेको मियाँले जिपिए ३.८ (९५%) अंक ल्याई उत्र्तिण भएकी छन् । जनता माध्यमिक विद्यालय तानसेनबाट एसइइ परीक्षा दिएका तानसेन भगवतीटोल निवासी मियाँले सम्भवतः मुस्लिम समुदायको इतिहासमै नेपालमा बढी अंक ल्याई उत्र्तिण भएको दावि विद्यालयले गरेको छ । 

विद्यालयका प्रधानाध्यापक मेघराज पौडेलले मियाँ सिमान्तकृत मुस्लिम समुदायबाट नेपालमै बढी अंक ल्याई उत्र्तिण भएको दावी गरे । उनले यसवर्ष विद्यालयबाट छात्रातर्फ ३.९५ जिपिए सहितछात्रा सन्जु रायमाझीले नेपालमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए ।
यस अघि मियाँको दिदी फर्जना बानुले पनि २०६६ सालको एसएलसी परीक्षामा मुस्लिम समुदायमै महिलातर्फ उत्कृष्ट अंक ल्याएर उत्र्तिण भएकी थिइन् ।

आफ्नो छोराले मुस्लिम समुदायबाट उत्कृष्ट अंक ल्याएर उत्र्तिण गरेको उनकी आमा जाहिरा बानुले बताइन् । उनले मुस्लिम समुदायबाट आफ्नो छोरी र छोरा दुवै नेपालमै उत्कृष्ठ नतिजाल्याउन सफल भएको बताइन् । उनको उत्कृष्ठ नतिजा प्राप्त गर्नमा घरपरिवार, विद्यालय र शिक्षक, विद्यार्थी सबैको साथ र सहयोगले सम्भव रहेको बताइन् ।

सरकारी विद्यालयबाट राम्रो नतिजा आउँदैन भन्नेलाई समेत पछि पार्दै नमुना विद्यालयको रुपमा रहेको जनता माविबाट समुदायकै उत्कृष्ठ मियाँले अब सामुदायिक विद्यालयबाटै साइन्स पढेर डाक्टर बन्ने इच्छा रहेको बताए । उनले अबका दिनमा समेत उत्कृष्ठ नतिजा ल्याउन अथक मिहनेत गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :