सहिदका छोरा पक्राउ/अनिश्चितकालीन रोल्पा बन्द

विरबहादुर ओली

अम्बिका चन्द/काठमाडौं/असार २० : रोल्पामा जनयुद्धका सहिद सेते ओलीका छोरा विरबहादुर ओलीलाई प्रहरीले पक्राउ गरेको विरोधमा नेकपाले अनिश्चितकालीन जिल्ला बन्दको आह्वान गरेको छ । आइतबार सदरमुकाम लिवाङमा राहतको लागि आवेदन फारम भर्न पुगेका ओलीलाई असार १४ गते रोल्पा नपा–१०,मा मतपेटिका जलाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । रोल्पा न.पा.–१० मै घर भएका ओलीलाई व्यक्तिगत कामको सिलसिलामा हिडेको अवस्थामा पक्राउ गरिएको भन्दै मंगलबारदेखि जिल्ला बन्दको आह्वान गरिएको नेकपा, रोल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :