देशभरी बाढी, पहिरो /७ को मृत्यु ४ वेपत्ता

pic

काठमाडौं/असार १९ : मनसुन सक्रिय भएसँगै देशैभरी बाढी र पहिरो अनायस बढेको छ । त्यसक्रममा आइतबार मात्र ७ जनाको मृत्यु भएको छ भने ४ जना हराइरहेका छन् । उता भारतले दशगजा क्षेत्रमा अन्तर्राष्ट्रिय कानुन विपरित बनाएको बाँधका कारण १५ सयभन्दा बढी तिलाठी र आसपासका बस्तीहरु डुबानमा परेका छन् । त्यसैगरी बाढी र पहिरोको कारण पोखारामा २, प्युठानमा १ र पर्वतमा ४ जनाको ज्यान गएको छ । काश्कीमा १ प्युठानमा २ र स्याङ्जामा १ जना हराइरहेका छन् । उता पोखरामा ५० मिटर भन्दा बढी सेती नदीको डिल भासिंदा पोखरामा कतिवेला कहाँ के हुने हो भन्ने त्रास फैलिएको छ । यता मुग्लिन नारायाणगढ खण्ड सडकमा पहिरो गएर सडक अवरुद्ध भइरहेको छ । तर सरकारले अपेक्षित राहत तथा उद्धारको कदम चाल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :