सस्तो बजारमाथिको हस्तक्षेप निन्दनीय – ६ दल, पोखरा

19691251_1932633910351175_618066014_n

काठमाडाैं/असार१९  : लेखनाथ नपा–९, पृथ्वीचोकस्थित नेपाल वायुसेवा निगमको स्वामित्वमा रहेको जग्गामा ५ वर्षदेखि बस्दै आएका साना तथा निम्छरा व्यापारीमाथी असार १६ गते विनासुचना ताला लगाएर साना व्यापारीको रोजीरोटी खोसेपछि पोखरा आन्दोलित छ । निगम र स्थानीय प्रशासनले व्यापारीलाई वैकल्पिक व्यवस्था नगरी रोजीरोटी खोस्नु अन्यायपूर्ण र अमाननीय भन्दै काश्कीका क्रियाशील राजनीतिक दलहरुले विरोध गरेका छन् । दलहरुले महानगरपालिकाको मध्यस्ततामा सर्वपक्षीय सहमती कायम गरेर निकास निकाल्न अपिल गरेका छन् । त्यसरी विज्ञप्ति जारी गर्नेहरुमा नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), नयाँ शक्ति पार्टी, नेकपा (मसाल) र संघीय समाजवादी फोरम छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :