नेकपाका जिल्ला नेताहरु हिरासत मुक्त

19366162_1586911101360758_9215088493704474639_n-300x298अम्बिका/काठमाडौं/असार १९ : निर्वाचन खारेजी अभियानको क्रममा पक्राउ पर्नुभएका नेकपा ताप्लेजुङ इन्चार्ज राजकुमार चुडाल सोमबार हिरासत मुक्त हुनुभएको छ । यस्तै झापा इन्चार्ज कृष्ण अधिकारी ‘उमेश’ पनि रिहा हुनुभएको छ । यस्तै ताप्जेजुङका जिल्ला सदस्यहरु विजय फेम्बु, अभिषेक तामाङ, मिलन प्रसाई रिहा हुनु भएको छ । यता सर्लाहीबाट पक्राउ गरिएकी नेकपा निकट अनेम संघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य प्रमिला थिङ सोमबार रिहा हुनु भएको छ । सर्लाहीको धरहरामा घरमा बसिरहेको बेला प्रहरीले केही समय पहिले थिङलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :