नेकपाका मकवानपुर इन्चार्ज ज्वालासहित ३ रिहा

19554405_1037632733039300_3741530052065707204_n

काठमाडौं/असार १९ :  नेपाल कम्युनिस्ट पार्टीका मकवानपुर इन्चार्ज वीरबहादुर घलान ‘ज्वाला’, जिल्ला समिति सदस्य  सोम घलान र दिलिप आइतबार अपरान्ह हिरासत मुक्त भएको छ । उहाँहरुलाई असार १३ अपरान्ह २ बजे हेटौडा उपमहा नगरपालिकास्थित कमानेबाट सोम घलानको घरैबाट गिरफ्तार गरेको थियो । नेताहरुलाई विनाकारण पक्राउ गरेको भन्दै नारायणी ब्युरो इन्चार्ज चिरन पुनले विज्ञप्तिमार्फत असार १६ र १७ गते मकवानपुर जिल्ला बन्दको, १४ र १५ गते प्रचारप्रसार तथा जनकारबाही गर्ने घोषणा गर्नु भएको थियो । उक्त घोषणा गरेको केही समयमै जिल्ला प्रशासनले उहाँहरुलाई रिहा गर्ने सर्तमा सबै कार्यक्रम फिर्ता गरिएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :