अमेरिकाको कारागार भित्र पुग्यो कोरोना, माइकलको मृत्यु

काठमाडौं : विश्वभरी फैलिएको कोरोना भाईरस कोभिड १९ का कारण अमेरिकाको जेलमा रहेका कैदी बन्दीको पनि मृत्यु हुन थालेको छ । न्युयोर्कको जेलमा रहेका ५३ वर्षका माइकल टाइसन नाम गरेका एक व्यक्तिको कोरोना संक्रमणका बाट मृत्यु भएको हो । यस्तै उक्त जेलमा रहेका करिब ३ सय कैदी बन्दीमा कोरोना संक्रमण पुस्टी भएको छ । जेलभित्र रहेका मानिसहरुमा कोरोना देखा पर्न थालेपछि न्युयोर्कका कैदी बन्दी मुक्त गर्ने प्रक्रिया थालिएको छ ।

न्युयोर्क शहरमा कोभिड १९ का कारण बितेका २४ घण्टामा ७ सय ३१ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोनाबाट एकै दिन मृत्यु हुने अहिलेसम्मकै धेरै संख्या हो । यो सँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ हजार नजिक पुगेको छ भने संक्रमित हुनेको संख्या ४ लाख नजिक पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :