मास्कसमेत लुकाउने, राहत मनपरी गर्ने र स्प्रे भन्दै पानी मात्र छेप्ने प्रतिनिधिविरुद्ध नेकपाको आक्रोश

सिन्धुली : नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीले कोरोना महामारीबाट बच्न वितरण गर्ने भनिएको मास्कलगायत स्वास्थ्य–सहायता सामग्री लुकाइएको, हिनामिना गरिएको र डिसइन्फेक्सन स्प्रे भनेर पानी मात्रै छर्किएको घटनाप्रति आक्रोश व्यक्त गर्दै कारबाही गर्नुपर्ने अवस्था उत्पन्न हुन नदिन चेतावनी दिएको छ । जिल्ला सेक्रेटरी प्रसिद्धले मङ्गलबार विज्ञप्ति जारी गर्दै श्रमिक जनता कोरोना भाइरसको त्रास र लकडाउनले मारमा परिरहेको समयमा सत्ताधारी पार्टीका नेता–कार्यकर्ता र कथित जनप्रतिनिधिले जनताविरुद्ध यस किसिमका गतिविधि गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

प्रसिद्धको विज्ञप्तिमा भनिएको छ, ‘यतिबेला सम्पूर्ण विश्व कोरोना भाइरस (COVID–19)) को महामारीसँग लडिरहेको छ भने नेपाल पनि यो भाइरसको सङ्क्रमण फैलिएसँगै उच्च जोखिममा रहेको छ । यस्तो सङ्कटको घडीमा लकडाउनको प्रत्यक्ष मारमा परेका जिल्लाभरि रहेका दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने मजदुरलगायत सम्पूर्ण विपन्न वर्गलाई तुरुन्त राहत वितरण गर्न र जिल्लाका नागरिकहरूलाई सुरक्षित राख्न प्रभावकारी पहलकदमी लिनु सरकारको प्रमुख दायित्व हुन्छ । तर यस्तो विषम परिस्थितिमा पनि यो पँुजीवादी दलाल सरकार र यसका स्थानीय जनप्रतिनिधि भनिनेहरूबाट भने अनेक खालका हथकण्डाहरू भएको देखिन्छ । कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले मनपरी ढङ्गले राहत वितरण गरेको, डिसइन्फेक्सन स्प्रे भनेर पानी मात्रै छर्किएको घटनाहरू बाहिर आएका छन् ।’

विज्ञप्तिमा उनले अगाडि भनेका छन्, ‘त्यस्तै दुधौली नगरपालिकामा जनताका नाममा खरिद गरेको मास्क लुकाएका, हिनामिना गरेका र आफ्ना कार्यकर्ताहरूमार्पmत मनपरी वितरण गरेका घटनाहरू बाहिर आउनु र अर्कोतिर उक्त विषयलाई लिएर दुधौली नगरपालिका वडा नं. १ का अध्यक्ष गोविन्द पहाडी (नेपाली काङ्ग्रेस पक्ष) र दुधौली नगरपालिकाका नगरप्रमुख घनश्याम राउत (वली–प्रचण्ड नेतृत्वको डबल नेकपा पक्ष) हरूबीच आरोप–प्रत्यारोप चलिरहनुले यिनीहरूको दलाल चरित्र उदाङ्गो भएको छ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘जनताले रगतपसिना बगाएर तिरेको करबाट तलबभत्ता पचाएका स्थानीय जनप्रतिनिधि भनिनेहरूबाट भएका यस्ता तुच्छ तथा घृणित हर्कतहरूप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण हुनुका साथै यस्ता हर्कतहरू तुरुन्त बन्द नगरेमा र फेरि पनि दोहोरिएमा कडा कारबाही गर्ने चेतावनी दिन चाहन्छौँ । साथै हाम्रो महान् तथा गौरवशाली पार्टी जनतामाथि गरिने यस्तोखालका तुच्छ तथा घृणित हर्कतहरूका विरुद्घ कडा रूपमा आवाज उठाउन सम्पूर्ण जिल्लाबासी जनसमुदाय, नागरिक समाज, बुद्घिजीवीहरू तथा पत्रकार मित्रहरूमा अपिल गर्दछ ।’

 प्रेस विज्ञप्ति

यतिबेला सम्पूर्ण विश्व कोरोना भाइरस (COVID–19) को महामारीसँग लडिरहेको छ भने नेपाल पनि यो भाइरसको सङ्क्रमण फैलिएसँगै उच्च जोखिममा रहेको छ । यस्तो सङ्कटको घडीमा लकडाउनको प्रत्यक्ष मारमा परेका जिल्लाभरि रहेका दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने मजदुरलगायत सम्पूर्ण विपन्न वर्गलाई तुरुन्त राहत वितरण गर्न र जिल्लाका नागरिकहरूलाई सुरक्षित राख्न प्रभावकारी पहलकदमी लिनु सरकारको प्रमुख दायित्व हुन्छ । तर यस्तो विषम परिस्थितिमा पनि यो पुँजीवादी दलाल सरकार र यसका स्थानीय जनप्रतिनिधि भनिनेहरूबाट भने अनेक खालका हथकण्डाहरू भएको देखिन्छ । कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले मनपरी ढङ्गले राहत वितरण गरेको, डिसइन्फेक्सन स्प्रे भनेर पानी मात्रै छर्किएको घटनाहरू बाहिर आएका छन् । त्यस्तै दुधौली नगरपालिकामा जनताका नाममा खरिद गरेको मास्क लुकाएका, हिनामिना गरेका र आफ्ना कार्यकर्ताहरूमार्फत मनपरी वितरण गरेका घटनाहरू बाहिर आउनु र अर्कोतिर उक्त विषयलाई लिएर दुधौली नगरपालिका वडा नं. १ का अध्यक्ष गोविन्द पहाडी (नेपाली काङ्ग्रेस पक्ष) र दुधौली नगरपालिकाका नगरप्रमुख घनश्याम राउत (वली–प्रचण्ड नेतृत्वको डबल नेकपा पक्ष) हरूबीच आरोप–प्रत्यारोप चलिरहनुले यिनीहरूको दलाल चरित्र उदाङ्गो भएको छ । जनताले रगतपसिना बगाएर तिरेको करबाट तलबभत्ता पचाएका स्थानीय जनप्रतिनिधि भनिनेहरूबाट भएका यस्ता तुच्छ तथा घृणित हर्कतहरूप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण हुनुका साथै यस्ता हर्कतहरू तुरुन्त बन्द नगरेमा र फेरि पनि दोहोरिएमा कडा कारबाही गर्ने चेतावनी दिन चाहन्छौँ ।

साथै हाम्रो महान् तथा गौरवशाली पार्टी जनतामाथि गरिने यस्तोखालका तुच्छ तथा घृणित हर्कतहरूका विरुद्घ कडा रूपमा आवाज उठाउन सम्पूर्ण जिल्लाबासी जनसमुदाय, नागरिक समाज, बुद्घिजीवीहरू तथा पत्रकार मित्रहरूमा अपिल गर्दछ ।

क्रान्तिकारी अभिवादनसहित १
प्रसिद्ध
जिल्ला सेक्रेटरी                                                                                                                    मिति : २०७६/१२/२५

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :