तिमी नि नेपालको, म नि नेपालको…

गीत

तिमी नि नेपालको, म नि नेपालको
चिसो–चिसो हावा चल्यो हाम्रै हिमालको ।

जन्म्यौँ, हुक्र्यौं, खायौँ, खेल्यौँ आफ्नै पखेरामा
मर्नु परे मरौँला है आफ्नै भीर—टाकुरामा
तिमी नि नेपालको, म नि नेपालको…

कति साथी खाडी पसे, कति साथी मुग्लान
दलाल सरकार रहेसम्म बन्नेछैन गाउँघर
तिमी नि नेपालको, म नि नेपालको…

रातोरातो लालीगुराँस हाम्रै पहाडको
विश्व–शिर चोमोलुङ्मा हाम्रै हिमालको
तिमी नि नेपालको, म नि नेपालको…
नदी, नाला दलालले बेची–बेची खाए
गरिब–दुःखी जनताले आखिर के पाए ?
तिमी नि नेपालको, म नि नेपालको
चिसो–चिसो हावा चल्यो हाम्रै हिमालको ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :