जिल्ला इन्चार्ज कुमाललाई तत्काल रिहा गर – आस्था

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा गण्डक ब्युरो इन्चार्ज सावित्रा दुरा ‘आस्था’ ले बिरामी अवस्थामा रहेका आफ्नो पार्टीका लमजुङ जिल्ला इन्चार्ज योगेन्द्र कुमाललाई प्रहरीले गिरफ्तार गरेको भन्दै रिहाइको माग गरेकी छिन् ।

नेकपा नेत्री आस्थाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको निर्देशनअनुसार दीर्घ रोगी र अशक्त भएपछि घरमै आराम गर्न पठाएको बेला प्रशासनले कुमाललाई गिरफ्तार गरेको भन्दै बिनासर्त रिहा गर्न सरकारसग माग गरेकी छिन् ।

आस्थाले विगत लामो समयदेखि हिरासतमा बन्दी बनाइएका लोकेन्द्र विक, खिमबहादुर कार्की, विकास ओली, चीनकाजी रसाइली र कृष्णा पन्तको झूट्टो मुद्दा तत्काल खारेज गर्न र रिहाइको पहलका लागि मानव अधिकारकर्मी, पत्रकार, वकिल र बुद्धिजीवीलाई आग्रह गरेकी छिन् ।

ब्युरो इन्चार्ज आस्थाले देश कोरोना महामारीको त्रास र लकडाउनमा रहेको बेलामा जनताको सेवाका नाममा सरकार भ्रष्टाचार गर्न लिप्त रहेको भन्दै चोरलाई चौतारी र साधुलाई शूली भनेझैँ भ्रष्टाचारीहरूको संरक्षण गर्ने मात्र नभई सरकारका संलग्नहरुले आफैँ भ्रष्टाचार गर्ने गरेको विज्ञप्तिमा उल्लेख गरेकी छिन् । यस्तो बेलामा मानवीय संवेदनासमेत गुमाएर सरकारले आफ्नो पार्टीका नेता–कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै आस्थाले पार्टीपङ्क्तिलाई नडगमगाईकन जनताको सेवामा लाग्न आग्रह गरेकी छिन् ।

नेकपाका गण्डक ब्युरो सदस्य तथा लमजुङ जिल्ला इन्चार्ज कुमाललाई प्रहरीले चैत २१ गते बेलुका ५ बजे गोरखास्थित आफ्नै घरबाट गिरफ्तार गरेको थियो । विज्ञप्तिकाे पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :