कोरोना उपचारमा खटिने निजी अस्पतालका डाक्टरलाई सरकारीसरह सुविधा

काठमाडौँ : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा खटिने निजी डाक्टरहरुले सरकारी डाक्टर सरह सेवा सुविधा पाउने भएका छन् । निजी क्षेत्रका डाक्टरहरु सरकारी अस्पतालमा आएर काम गरेको खण्डमा सरकारले उनीहरुको तह अनुसार सरकारी सेवा र सुविधा दिने छ । सोमबार बसेको मन्त्री परिषदको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सरकारले प्रवक्ता डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् । अबदेखी कोरोना नियन्त्रण तथा रोकथामको कार्यमा खटिने देशभरीका ५० हजार स्वास्थ्य स्वंमसेविका सहित उक्त कार्यमा खटिने सबै स्वास्थ्यकर्मीलाई र सुरक्षाकर्मीले प्रोत्साहन भत्ता पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :