कोरोना भाइरसबाट ५३ हजार मानिसको मृत्यु, १० लाख संक्रमित

काठमाडौँ : विश्वभरीनै फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का कारण ज्यान गुमाउनको संख्या ५३ हजार नाघेको छ । भाइरसबाट मृत्यु हुने र संक्रमितको संख्या दिनहु बढिरहेको छ । आज बिहानसम्म ५३ हजार १ सय ६९ जनाको मृत्यु भइसकेको छ भने संक्रमित हुनेको संख्या करिब दश लाख पुगेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी मृत्यु इटलीमा भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या करिब १४ हजार पुगेको छ । करिब एक लाख मानिसमा संक्रमण देखिएको छ । उता स्पेनमा अहिलेसम्म १० हजार ३ सय ५० जनाको मृत्यु भइसकेको छ भने एक लाख बढि मानिस संक्रमित छन् । अमेरिका भाइरसबाट मृत्यु हुनेको सख्या ५ हजार ३ सय पुगेको छ । अमेरिकामा मात्र करिब २ लाख ३० हजार मानिस संक्रमित भएका छन् । त्यसपछि फ्रान्समा ४ हजार बढिको मृत्यु भइसकेको छ भने ६० हजार संक्रमित छन् । यस्तै बेलायतमा २ हजार ९ सय ३० जनाको मृत्यु भइसकेको छ भने ३४ हजार संक्रमित छन् । जर्मनीमा हजार ११ सयको मृत्यु भएको छ भने स्विट्जरल्यान्डमा पनि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ३६ पुगेको छ । त्यहा १९ हजार संक्रमित छन् । भारतमा ७२ जनाको मृत्यु भइसकेको छ भने करिब ३ हजार संक्रमित छन् । चिनमा भने पछिल्लो २४ घन्टामा १ जनाको पनि मृत्यु नभएको चिनिया संचार माध्ययमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :