दुई दुस्मन : कोरोना भाइरस र प्रतिबन्धका विरुद्ध नेपाली जनता

आरम्भ

अहिले हाम्रो देश नेपाल दुईवटा दुस्मनसँगको लडाइँमा केन्द्रित बनेको छ । ती दुस्मनहरू हुन् : 

एक : कोरोना भाइरस (कोभिड १९) ।

दुई : केपी सरकारले जनतामाथि लादेको फासिवादी प्रतिबन्ध ।

नेपाली जनताका अगाडि यी दुवै दुस्मन निकै खतरनाक, भयानक र डरलाग्दा छन् । एकातिर आज संसारभर कोरोना भाइरस (कोभिड १९) ले हालबेहाल मच्चाइरहेको छ । विश्व नै लकडाउनको अवस्थामा छ । आजसम्मको तथ्याङ्कको अवस्थालाई हेर्दा कोरोना भाइरस (कोभिड १९) को कारणले मृत्यु हुनेको सङ्ख्या ५१ हजार ४ सय ४२ जना पुगेको छ । सङ्क्रमितको सङ्ख्या १० लाख २ हजार २ सय नाघेको छ । अहिलेसम्म इटालीमा १३ हजार ९ सय १५ जना, स्पेनमा १० हजार ९६ जना, अमेरिकामा ५ हजार ६ सय ३२ जना, फ्रान्समा ४ हजार ५ सय ३ जना, चीनमा ३ हजार, ३ सय १८ जनाको मृत्यु भैसकेको छ । त्यस्तै बेल्जियममा १ हजार ११ जना, इरानमा ३ हजार १ सय ६० जनाको मृत्यु भैसकेको छ । अमेरिकामा सङ्क्रमितको सङ्ख्या २ लाख ३६ हजार २ सय ११ जना नाघिसकेको छ भने इटालीमा १ लाख २५ हजार, फ्रान्समा १ लाख १० हजारभन्दा धेरै छन् । यो अहिले संसारभरि फैलिएको छ र युरोपका देशहरू अहिले यसको मुख्य चपेटामा छन् । अहिले यो भाइरस भुसको आगोजस्तै संसारका हरेक देशहरूमा फैलिरहेका कारण यो महामारी कहाँसम्म पुग्छ भन्ने कुरा अहिल्यै भन्न सकिने अवस्था छैन ।

अर्कोतिर हाम्रो देशमा केपी सरकारले जनतामाथि लादेको फासिवादी प्रतिबन्धका कारणले निर्दोष मानिसहरू मारिएका छन् । झूट्टा मुद्दा लगाइएको छ । नेल भिराइएका छन् । जेल–हिरासतमा डुलाइएका छन् । लकडाउनकै अवस्थामा पनि गिरफ्तारीमा पारिएका छन् । । त्यसैले नेपाली जनता अहिले दुई दुस्मनका अगाडि निरन्तर निडर÷सचेत सङ्घर्षमा छन् । मानवजातिले एकातिर प्राकृतिक रूपमा देखापर्ने भयावह मानवमृत्युको कहर बेहोरेका छन् भने अर्कोतर्फ दलाल पुँजीवादी÷साम्राज्यवादी शक्तिहरूले जनतामाथि लादेका दमन, उत्पीडन र मानवमृत्युको कहर बेहोरिरहेका छन् ।

जनताका दुई दुस्मनविरुद्ध सङ्घर्ष र विजय

एक: कुनै बेला रुस र युरोपका जनताहरू पनि दुई दुस्मनका विरुद्ध भीषण सङ्घर्षमा केन्द्रित बनेका थिए । त्यो हो एक: विश्वयुद्धमा संकेन्द्रित बनेका साम्राज्यवादीहरू र दुई : आफ्नै देशका जनविरोधी तानाशाहहरू । सन् १९१४ देखि १९१८ सम्म ४ वर्ष प्रथम विश्वयुद्ध चल्यो । त्यो बेला फ्रान्स, बेलायत र जर्मनी उपनिवेशका मालिक थिए । युरोपका तिनै साम्राज्यवादी देशहरूको टक्करमा प्रथम विश्वयुद्ध सुरु भएको थियो । प्रथम विश्वयुद्धमा युरोपका अस्ट्रो—हङ्गेरी, फ्रान्स, जर्मनी, बेलायत, इटाली, रुस, जापान र उत्तरअमेरिकाका संयुक्त राष्ट्रहरू जोडिएका थिए । जहाँ दुई करोेडभन्दा धेरै मानिस मारिए । १ करोडभन्दा धेरै मानिसहरू घाइते–अपाङ्ग बने । त्यही युद्धमा जर्मनीले पहिलोचोटि विषालु ग्याँसको समेत प्रयोग ग¥यो । साम्राज्यवाद–साम्राज्यवादको अन्तरविरोध र साम्राज्यवाद र उत्पीडित जनताबीचको अन्तरविरोध र युद्धका बीच सन् १९१७ नोभेम्बर ७ मा बोल्सेबिक पार्टी र क. लेनिनको नेतृत्वमा सोभियत समाजवादी क्रान्ति सम्पन्न भयो । यो क्रान्तिले एकातिर प्रथम विश्वयुद्धका गलत प्रस्तावनाहरूमाथि विजय हासिल ग¥यो भने अर्कोतर्फ आफ्नै शासकहरूले जनतामाथि लादेको तानाशाही दमनलाई परास्त गर्न सफल बन्यो जसको कारणले गर्दा एकातिर सोभियत समाजवादी सत्तालाई जन्म दियो भने अर्कोतिर युरोपभर समाजवादी सत्ताको बीजरोपण ग¥यो । यसरी सोभियत समाजवादी सत्ता स्थापनामा जनताले दुई दुस्मनका विरुद्ध सङ्घर्ष गरे र विजय प्राप्त गरे ।

दुई : जतिखेर चीनमा कम्युनिस्ट पार्टीको नेतृत्वमा चिनियाँ जनवादी क्रान्ति अघि बढिरहेको थियो त्यो अवस्थामा पनि चिनियाँ कम्युनिस्ट पार्टी र त्यहाँका जनताले दुई दुस्मनका विरुद्ध सङ्घर्षलाई एकैचोटि अगाडि बढाउनुपरेको थियो । ती दुस्मनहरू थिए, एक :जापानी साम्राज्यवाद जसले लामो समयदेखि चीनलाई कब्जा गरेर बसेको थियो । दोस्रो विश्वयुद्धका गलत प्रस्तावहरू र तिनका नेतृत्वदायी साम्राज्यवादी शक्तिहरू । दुई: चिनियाँ जनताका विरुद्ध लागिपरेका चिनियाँ शासकहरू । सन् १९३९ देखि १९४५ सम्म दोस्रो विश्वयुद्ध चल्यो । दोस्रो विश्वयुद्धमा पनि मानवीय क्षति र विनास निकै ठूलो हुन पुग्यो । सोभियत सङ्घले २ करोड मानिसहरू गुमाउनुप¥यो । पोल्यान्ड ६० लाख, जर्मनी ८० लाख, युगोस्लाभिया १७ लाख, फ्रान्स ६ लाख २० हजार, चेकोस्लोभाकियामा ८ लाख ५ हजार मानिसहरूको मृत्यु भयो । त्यस्तै अमेरिकामा ३ लाख ६७ हजार, फिनल्यान्डमा ९७ हजार, इटालीमा ६ लाख ७० हजार, अस्ट्रियामा ३ लाख ४६ हजार, हल्यान्डमा २ लाख ५५ हजार, बुल्गेरियामा ३२ हजार, डेनमार्कमा ४ हजार, रोमानियामा ७ लाख ७० हजार, बेलायतमा ६ लाख ६५ हजार मानिसहरूले मृत्यु वरण गरे भने ग्रिसमा ५ लाख ७० हजार, हङ्गेरीमा ७ लाख ९० हजार, बेल्जियममा १ लाख ६० हजार, चीनमा ३० लाख, भारतमा ५० लाख मानिसहरूको त्यसैबखत भएको भोकमरीका कारण मृत्यु भयो । यसैबीच सन् १९४५ अगस्ट ६ को बिहान ७ः१५ बजे जापानको हिरोसिमामा ९ हजार पाउन्ड वजन भएको लिटिल ब्वाई नामको बम खसाइयो । ९० हजार घरहरू ध्वस्त भए । ८० हजारभन्दा धेरै मान्छेहरू जलेर खरानी भए । १ लाखभन्दा धेरै मान्छे जलेर घाइते भए भने २० हजारभन्दा धेरै बच्चाहरू खरानी भए ।

दोस्रो विश्वयुद्धसम्म आइपुग्दा केही पात्रहरू मानवसमाजमा सकारात्मक तथा नकारात्मक प्रवृत्तिहरू बोकेर उदाएका थिए ः क) एडोल्फ हिट्लर जर्मन (तानाशाहका नाइके) ख) बेनिटो मुसोलिनी (इटाली, सन् १८८३–१९४५), ग) हितेकी तेजो (जापान, सन् १८८४–१९४८), घ) फ्रान्सिस्को बहमन्डे फ्रेङ्को (स्पेनी तानाशाह, सन् १८९२–१९७५, उनि हिटलर, मुसोलिनीपछिका ठूला कम्युनिस्टविरोधी तानाशाह थिए), ङ) फ्रेङ्कलिन डियालो रुजबेल्ट (अमेरिका, सन् १८८२–१९४५ दुईवटा विपरीत धु्रवका नेता स्टालिन र चर्चिललाई मिलाएर लैनाने पहलकर्ता थिए), च) नेबिल चेम्बरलेन (बेलायत, सन् १८६९–१९४० ले विश्वयुद्धको बेला फासिवादलाई निकै सन्तुष्ट बनाए), विन्स्टन स्पेन्सर चर्चिल (बेलायत, सन् १९७४–१९६५, उनी पनि निकै ठूला कम्युनिस्टविरोधी शासक मानिन्थे, ज) जोसेफ स्टालिन (सोभियत सङ्घ, सन् १८७९–१९५३, रुसी समाजवादी क्रान्तिका योद्धा, सोभियत समाजवादी सत्ताका अगुवा रहनुभएको थियो), झ) चाल्र्स दिगाल (जर्मनी, सन् १८९०–१९७०), ञ) च्याङ काई सेक (चीन, सन् १८८७– १९७५, चिनियाँ कोमिन्ताङ सरकारका प्रमुख थिए । उनले कम्युनिस्टमाथि ठुलो दमन गरे), ट) माओ त्सेतुङ –चीन, सन् १८९३–१९७६) । यी पात्रहरू मानव हित र मानव मृत्युका निम्ति मुख्य पात्रहरू मानिन्छन् जसले राष्ट्र, उत्पीडित जनता, कम्युनिस्ट सत्ताको पक्ष वा विपक्षमा आफ्नो सकारात्मक तथा नकारात्मक भूमिका युगयुगसम्म रहिरहने छाप छोडेका छन् । यस्तो सन्दर्भ र परिवेशमा विश्वसर्वहारा वर्गका महान् नेता कमरेड माओले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा एकातिर विश्व–साम्राज्यवादका नाइकेहरू र अर्को देशभित्रैका जनविरोधी तत्वहरू र साम्राज्यवादका मतियारहरूलाई एकैचोटि परास्त गरेर चीनमा सन् १९४९ मा जनवादी÷समाजवादी सत्ताको बीजारोपण गर्नुभयो । त्यसको प्रभाव विश्वभरमा र मुख्यतः एसियाका धेरै मुलुकहरूमा प¥यो । चिनियाँ जनताको साथ र समर्थनमा चिनियाँ कम्युनिस्ट पार्टी र कमरेड माओको नेतृत्वमा दुई दुस्मनलाई परास्त गरेर आफ्नो सुनौलो योजनालाई पूरा गरे । आज चीनले कोरोना भाइरसका सन्दर्भमा पनि अर्को चामत्कारिक कार्य गरेर विश्वलाई चकित पार्ने काम गरेका छन् । यी सन्दर्भहरूसमेत हेर्नलायक छन् । यसको अन्त्यसम्म पुग्दा निश्चित देश र त्यसका नीति र नेतृत्वहरूको भूमिका उल्लेख्य हुनेछन् ।

३. जसरी सोभियत समाजवादी सत्ता र चिनियाँ जनवादी÷समाजवादी सत्ता स्थापनाको बेलामा त्यहाँका जनताले दुई दुस्मनहरूलाई परास्त गरेर अघि बढ्नु परेको थियो, त्यही परिवेश आज नेपाली जनतामाथि सिर्जना भएको छ । दुस्मन एक : कोरोना भाइरस (कोभिड १९) र दुस्मन दुई : प्रतिबन्ध नेपाली जनताबीच उपस्थित भएका छन् र नेपाली जनताले यसका विरुद्ध सङ्घर्ष गर्नु परिरहेको छ । आज यी दुई दुस्मनको कहर झेल्नु परिरहेको छ । हाम्रो जनप्रिय तथा गौरवशाली पार्टीका आदरणीय महासचिव कमरेड विप्लवले केन्द्रीय समितिका तर्फबाट १० चैत, २०७६ मा प्रेस विज्ञप्तिमार्फत ‘कोरोना सङ्क्रमणका विरुद्ध आम नागरिकलाई सचेत रहन आग्रह गर्दछ । यो बेला देशका सबै चिकित्सक एवम् स्वास्थ्य कार्यकर्ताहरूलाई जनताको सेवामा लाग्न अनुरोध गर्दछ । तत्काल पार्टी कार्यककर्ता र जनसेनाहरूलाई आफू सचेत बन्दै आमजनतालाई कोरोनाविरुद्ध जागरुक हुन निर्देशन गर्दछ । साथै कोरोना भाइरसबाट देश मुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारबाहीबाहेक अन्य आक्रामक कारबाहीहरू बन्द गरिएको जानकारी आमजनसमुदायमा आवगत गराउँछौँ’ भन्दै जनतालाई एक ढिक्का बन्दै वर्तमानमा देखिएको कोरोनाविरुद्ध लाग्नुपर्ने कुराको अपिल गर्नुभएको छ । देशव्यापी रूपमा पार्टीका सम्पूर्ण निकाय सक्दो जनतासँग सहकार्य गरेर विभिन्न राहत र जनसचेतना कार्यक्रमहरूसहित जनतसँग पुगिरहेको छ । तर सरकारका तर्फबाट हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीमाथि र क्रान्तिप्रेमी जनसमुदायमाथि थोपरिएको प्रतिबन्ध फिर्ता लिने र जेल–हिरासतमा रहेका कमरेडहरूलाई बिनासर्त छोडिदिनुको सट्टा उल्टै देश लकडाउन भैरहेकै बेला दाङ जिल्लाबाट एकराज चौधरीलाई चैत १३ गते गिरफ्तार गरेर झूट्टा मुद्दामा फसाएको छ ।

गणतान्त्रिक खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष जयन्द्र चन्दसहित महासचिव विनोद चन्द, केन्द्रीय सदस्यहरू कमल आरसी र प्रेम केसीलाई चैत ९ गते गिरफ्तार गरेर बेपत्ता पार्दै झूट्टा मुद्दामा फसाएको छ । वर्तमान केपी सरकारको षड्यन्त्र, फासिवादी दमन, जनविरोधी चरित्र, तानाशाही शैली र कुटिल योजनाहरूलाई हेर्दा उनको खुनी, आततायी र मानवमृत्युमा रमाउने खालको छ भन्ने कुरा स्पष्ट हुन्छ । क्रान्तिप्रेमी जनतामाथि दमन लादेको छ । विश्वभर कोरोना भाईरस (कोभिड १९) को आतङ्क मच्चिरहँदा केपी सरकार कानमा तेल हालेर बसेको छ । सम्पूर्ण नेताहरू घरमै क्वारेन्टाइनमा बसेर आफ्नो राष्ट्रघाती र जनघाती आयु लम्ब्याउने मनसायमा छन् भने अर्कोतर्फ देशभित्रै वैज्ञानिक समाजवाद, एकीकृत जनक्रान्तिका पक्षमा र चर्को भ्रष्टाचार, कालोबजारी, घूसखोरी, तस्करी, जनहत्या, जनघात र राष्ट्रघातका विरुद्ध उभिँदा प्रतिबन्धको कहर बेहोर्नु परिरहेको छ । अवश्य ! नेपाली जनता कोरोना भाइरस (कोभिड १९) र प्रतिबन्धविरुद्धको सङ्घर्षमा विजयी हुनेछन् । यी प्राकृतिक र अप्राकृतिक दुस्मनहरूलाई नेपाली जनताले परास्त गर्नेछन् । संसारभर फैलिएको मानवमृत्युलाई रोक्न र वैज्ञानिक समाजवाद स्थापना गर्न नेपाली जनता सफल रहनेछन् ।

मानवमृत्युको भुमरीमा फसेको विश्व परिवेश

मानिसले विभिन्न प्रकारका मानवमृत्युका भुमरीहरू बेहोर्दै आइरहेका छन् । विभिन्न प्रकारका रोगहरू, युद्ध तथा क्रान्ति, प्राकृतिक प्रकोपलगायतका कारणबाट संसारभर करोडौँ मानिसहरूले अकालमा ज्यान गुमाउनु परेको छ । सबै सन्दर्भहरूमा ती मानवमृत्युको महामारी बोकेर आएको छ । अहिले संसारभर कोरोना भाइरस (कोभिड १९) भुसको आगोजस्तै फैलिरहेको छ । संसारभरका विकसित र अर्थतन्त्रमा धनी देशहरूलाई समेत यसको प्रभावले लपेटेको छ । यसले संसारभर केकति मानिसलाई सङ्क्रमित बनाउँछ र केकति मानिसको मृत्यु हुन्छ, अहिल्यै भन्न सकिँदैन किनकि हालसम्म यसको औषधी पत्ता लागेको अवस्था छैन र यो फैलँदो अवस्थामा छ । संसारभरका मानिसहरू एकताबद्ध बनेर कोरोना भाइरस (कोभिड १९) सँग लडाइँ लड्नु परेको छ ।

हामी मानवमृत्युका केही सन्दर्भहरूलाई हेर्न सक्छौँ, कति भयानक र दर्दनाक थिए मानवमृत्युका ती काला दिनहरू । सन् १६५ देखि सन् १८० सम्म फैलिएको युरोप एन्टोनाइन प्लेगले ५० लाख मानिसलाई मृत्युको मुखमा धकेलेको थियो । त्यस्तै सन् २५० देखि सन् २७१ सम्म युरोपमा साइप्रोयन्को प्लेगले एकै दिन रोम सहरमा ५ हजार मानिसको ज्यान लिएको सन्दर्भ छ । सन् ५४१ देखि ५४२ को १ वर्षमा जस्टिनियन्को प्लेगले विश्वका झन्डै १० प्रतिशत मानिसको मृत्यु भएको पाइन्छ । सन् १५४५ देखि सन् १५४८ सम्म मध्यअमेरिकामा फैलिएको कोकोलिजट्ली महामारीले गर्दा १ करोड ५० लाख मासिनको मृत्युको घाट उता¥यो । त्यस्तै सन् १६६५ देखि १६६६ सम्म लन्डनमा फैलिएको भयानक प्लेगले १ लाखजना मानिसको मृत्यु भयो । सन् १७२० देखि १७२३ सम्म फ्रान्समा फैलिएको भयानक प्लेगबाट १ लाख मानिसको निधन भयो । सन् १७७० देखि १७७२ सम्म रुसमा फैलिएको रसियाली प्लेगका कारण १ लाख मानिस मरे । त्यस्तै सन् १८८९ देखि १८९० सम्म युरोपमा फैलिएको इन्फ्लुन्जाबाट १० लाख मानिसको मृत्यु भएको पाइन्छ ।

मानवमृत्युको भयानक शृङ्खला त्यतिमा मात्रै सीमित रहेन । सन् १९१८ जनवरीदेखि सन् १८२० डिसेम्बरसम्म फैलिएको स्पेनी फ्लुले करिब ५० करोडभन्दा बढी मानिसलाई सङ्क्रमण ग¥यो र ५ देखि १० करोड मानिसको मृत्यु भएको थियो । आजसम्म पनि यसप्रकारका महामारीको सामना मानवसमाजले बेहोर्नु परेको देखिँदैन । सन् १९५७ देखि १९५८ सम्म फैलिएको एसियाली फ्लु (इन्फ्लुन्जा) का कारण ११ लाखभन्दा धेरै मानिसले ज्यान गुमाउनुपरेको तथ्य छ । त्यस्तै सन् १९८१ देखि अफ्रिकाबाट सुरु भएको एचआईभी एड्सले संसारभरका ४ करोडभन्दा धेरै मानिसलाई सङ्क्रमित पारेको छ भने यसले ३ करोड ५० लाखभन्दा धेरै मानिसको ज्यान लिइसकेको अवस्था छ । सन् २००९ देखि २०१० सम्म उत्तरअमेरिकी देश मेक्सिकोबाट सुरु भएको स्वाइन फ्लुले १ अर्ब ४० करोड मानिसलाई सङ्क्रमित बनायो भने ५ लाखभन्दा धेरै मानिसको मृत्यु भएको सन्दर्भ देखिन्छ । त्यस्तै सन् २०१४ देखि २०१६ सम्म पश्चिमअफ्रिकाबाट सुरु भएको इबोला भाइरसले १८ हजारभन्दा धेरै मानिसलाई सङ्क्रमित बनायो भने ११ हजारभन्दा धेरै मानिसको ज्यान लियो ।

सन् १९०७ देखि १९११ सम्म चीनमा अनिकालका कारण २ करोड ५० लाखजनाको मृत्यु भएको थियो भने दोस्रो विश्वयुद्धताका भारतमा ७० लाख मानिसहरू मरे । सन् १९२० को भूकम्पमा २ लाख ७३ हजार मानिसको निधन चीनमा मात्र भयो । सन् १९४५ मा बाढीका कारण १ लाख ४५ हजार मानिसले आफ्नो ज्यान गुमाउनुप¥यो । त्यस्तै सन् १९५८ देखि १९६३ सम्ममा चीनमै अनिकालबाट ४३ लाख मानिसले ज्यान फाले । सन् १९१० मा हैटीमा गएको विनाशकारी भूकम्पका कारण ३ लाख १६ हजारभन्दा धेरै मानिसहरू मरे । हाम्रै देश नेपालमा २०७२ सालमा गएको भूकम्पका कारण झन्डै १० हजार मानिसको जीवनलीला समाप्त भएको अवस्था हाम्रै अगाडि ताजै छ । प्रथम विश्वयुद्धका कारण २ करोडभन्दा धेरै र दोस्रो विश्वयुद्धका कारण ६ करोडभन्दा धेरै मासिनको ज्यान गएको छ । यसबाट अङ्गभङ्ग, घाइते÷अपाङ्ग हुनेको सङ्ख्या असीमित नै छ । विभिन्न समयमा जाने भूकम्प, बाढी, पहिरो आदिका कारण मृत्यु हुनेको सङ्ख्या कुनै लेखाजोखा नै छैन । यसरी मानवमृत्युका भयानक शृङ्खलाहरूको पहाड मानवसमुदायसामु भयानक ढङ्गले उभिएको छ । यसरी मानवसमाजले विभिन्नखाले भयानक मृत्युलाई स्वीकार गर्दै अगाडि बढेको छ ।

अहिले संसारभर एकैचोटि आगोको लप्काले बेरिएजस्तै कोरोना भाइरस (कोभिड १९) ले संसारलाई नै आक्रान्त पारेको छ । विगतका दिनहरूमा कुनै स्थानविशेषमा देखिने गरेको महामारी यसपटक ंसंसारभर एकैपटक फैलिएको छ र मानिसको जीवन लिँदैछ । यसैको कारण विश्व नै अहिले लकडाउनमा छ ।

कोरोना भाइरस (कोभिड १९) र नेपाली परिवेश

हाम्रो देशमा आजको मितिसम्म कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको सङ्ख्या जम्मा ६ जना देखिएको छ । अमेरिकामा बस्ने २ जना र अस्ट्रेलियामा १ जना नेपालीको कोरोनाकै कारण ज्यान गएको समाचार आएको छ । यो अवस्था अरू देशको तुलनामा नगन्य हो तर मुस्किल प्रश्न के हो भने राज्यले कसरी कति मानिस कोरोना सङ्क्रमित छन् भनेर थाहा पाउने ? कति मानिसलाई कोरोना परीक्षणका निम्ति वातावरण मिलेको होला ? कति मानिसहरू स्वास्थ्य जाँच गराउन स्वास्थ्य संस्थाहरूमा पुगे होलान् ? परीक्षण गर्ने उपकरण देशका सबै भागहरूमा पर्याप्त थियो वा थिएन ? नमुना परीक्षणहरू देशव्यापी ठूलो मात्रामा भएको भए पो जानकारीको अवस्थालाई अनुमान लगाउन सकिने थियो । यस्ता वस्तुनिष्ट तथ्यहरूको अभावमा हाम्रो देश र नेपाली समाजलाई कोरोना भाइरसको असर केकति छ भनेर कुर्लनु मनासिब रहनेछैन । तर यत्ति भन्न सकिन्छ, सङ्क्रमित बिरामी देशको राजधानी काठमाडाँै, पूर्वको मुख्य सहर विराटनगर र पश्चिमको मुख्य सहर धनगढीसम्म फौलिएको देखिएको र नेपाली परिवारहरूको सरसम्पर्क विश्वका धेरै मुलुकहरूमा रहेकाले यसको प्रभाव देशभर रहन सक्नेछ । यो अनुमान लगाउनु अन्यथा हुनेछैन ।

यसप्रकारका प्राकृतिक महाविपत्ति र मानवमृत्युका भयानक शृङ्खलाहरू मानिसलाई पहिल्यै सूचित गरेर आउने विषयहरू होइनन् । त्यसैले संसारभर मानिसहरू सचेत बन्नु पर्दछ । यसप्रकारका महाविपत्तिहरू र मानवमृत्युको महामारीबाट सकेसम्म कम मानवीय क्षति होस् भन्नका लागि राज्यहरू जनहितैषी बन्नु पर्दछ तर हाम्रो देशको शासनसत्ता जनउत्तरदायी छैन । जनहितैषी पनि छैन । घर हुनेहरू घरमै क्वारेन्टाइनमा बस्लान् । सम्पत्ति हुनेहरूले खालान् तर घरबार नहुनेहरू कहाँ बस्ने ? सम्पत्ति नहुनेहरूले के खाने ? दिनभर अर्काको काम गरेर जीवन गुजारा चलाउने मजदुर, सुकुमबासी र श्रमिक वर्गले के गरी जीवन गुजारा गर्ने ? राज्यले चर्को कर थोपरेको छ । दैनिक जीवन निर्वाहका सामग्रीहरू किनिनसक्नु महँगा छन् । बजारमा सामान्य मास्कमा समेत कालोबजारी भएको पाइन्छ । कोरोना भाइरसकै बहानामा बजारमा कालोबजारी र भ्रष्टाचार देखिन सुरु भैसकेको छ । भूकम्पको बेला राहतमा आएको चामल र त्रिपालसमेत बेचेर खाएको कुरा थियो भने अहिले सामान्य मास्कसमेतमा बालोबजारी भैरहेको छ । बजारमा स्वास्थ्यकर्मीहरूले लगाउने पर्सनल प्रोटेक्सन इक्युप्मेन्ट (पीपीई) छैन । औषधी छैन । मास्क, पन्जा, सेनिटाइजर, बुटलगायत उपकरणहरू छैनन् । लगाउने गाउनहरू छैनन् । पेट भर्ने खाना छैन । बस्ने घर छैन । मासिक पैसा आउने रोजगार छैन । निजी अस्पतालहरू आफ्नो मूल गेटमा ताला ठोकेर बसेका छन् । सरकारी अस्पतालमा स्वास्थ्यकर्मीहरूको सङ्ख्या नै कमी छ । भएका स्वास्थ्यकर्मीहरू असुरक्षा झेल्दै उपचारमा खटिएका छन् । बिरामीहरूलाई पर्याप्त सुविधा छैन । एम्बुलेन्स छैन । अति आवश्यक औषधी र स्वास्थ्य सामग्रीहरूमा समेत विदेशीको भर पर्नुपर्ने भएको छ । यसै सन्दर्भमा ठूलाठूला भ्रष्टाचारको कीर्तिमान दलाल सरकारले राखिसकेको छ ।

विभिन्न देशहरूमा कोरोना भाइरसकै कारण नेपाली कामदारहरू कामबाट निकालिएको अवस्था छ । विभिन्न समाचार माध्यमहरू हेर्दा उनीहरू न स्वदेश फर्कन सक्छन्, न त त्यहीँ काम गर्न सक्छन् । उनीहरूको उद्धार कसले गर्ने ? भारतबाट समेत फर्कने लाखौँ नेपालीहरू अहिले बाटोघाटोमा अलपत्र परेका समाचारहरू आइरहेकै छन् । हजारौँ बिचल्लीमा परेका छन् । सहरमा बसेर मजदुरी गर्ने मजदुरहरूको जीवन यति बेला कसरी बितेको होला ? तर नेताहरू सुविधासम्पन्न घरमै क्वारेन्टाइनमा जीवन बाँचेका छन् । मन्त्रीहरू सम्पूर्ण भेटघाट नै बन्द गरेर सुरक्षित बसेका छन् भने गरिब जनताले के गर्ने ? कसरी जीवन चलाउने ? कसरी कोरोना भाइरसको उपचार गर्ने ? कसरी यो महासङ्कटलाई टार्ने ? यो विषय आज निकै ज्वलन्त बन्दै गैरहेको छ । अझै यो अवस्था अलि लामो समय लम्बियो भने देशको हालत के हुन्छ ? यस्तो अवस्थामा आज नेपाली जनता बाँचिरहेका छन् वा बाँच्दाबाँच्दै मरिरहेका छन् ।

अन्त्यमा

यसरी एकातिर नेपाली जनतालाई कोरोना भाइरस र अर्कोतर्फ दलाल पुँजीवादी राज्यसत्ता र फासिस्ट केपी सरकारले थोपरेको प्रतिबन्धको मारले सताएको छ । यसले ठूला भन्ने साम्राज्यवादी देशहरूको धोती फुस्किएको छ ।

उल्लिखित सन्दर्भहरूलाई हेर्दा विभिन्न रोगहरूले भन्दा धेरै मानिस पुँजीवादले वा साम्राज्यवादले मारेको छ । विभिन्न समयमा देखापर्ने रोगव्याधीभन्दा साम्राज्यवादको उत्पीडन धेरै गुणा खतरायुक्त छ । हाम्रै देशको कुरा गर्दा हालसम्म कोरोना भाइरसले भन्दा धेरै मानिस त यो दलाल केपी सरकारले मारेको छ । यो अवस्थाबाट नेपाली क्रान्तिकारी, जनप्रेमी र राष्ट्रप्रेमी जनता कुनै पनि हालतमा झुक्ने छैनन्, तर्सने छैनन् । कहिल्यै हिम्मत हार्ने छैनन् । जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न तयार हुनेछन । आज हाम्रो देशमा देखिएका दुई दुस्मन ः कोरोना र प्रतिबन्धविरुद्धको लडाइँमा नेपाली जनता विजयी हुनेछन् । कोरोना भाइरस पराजित हुनेछ । केपी सरकारले लादेको प्रतिबन्धको षड्यन्त्रलाई चकनाचुर पार्दै एकीकृत जनक्रान्ति सफल हुनेछ र वैज्ञानिक समाजवाद स्थापना हुनेछ ।

२१ चैत, २०७६

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :