अखिल (क्रान्तिकारी) ले असहायलाई वितरण गर्यो मास्क, साबुन, सेनेटाइजर, खाद्यान्न र नगद


कैलाली : विश्वभर फैलिरहेको कोराना भाइरससम्बन्धी जनचेतना र रोकथामका लागि अखिल (क्रान्तिकारी) कैलालीले धनगढीमा सडकपेटीमा रहेका असहाय, बालबालिका र वृद्ध बस्ने मानव सेवा आश्रमलाई मास्क, साबुन, सेनिटाइजरका साथै ६ केजी दाल र नगद १,१५० सहयोगस्वरूप प्रदान गरेको छ ।

सहायता सामग्री वितर र जनचेतना कार्यक्रममा सङ्गठनका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज बबरजङ्ग सिंह, अखिल (क्रान्तिकारी) कैलाली अध्यक्ष सुवास जोशीलगायत जिल्लाका विद्यार्थी नेताहरूको सहभागिता रहेको समाचारमा जनाइएको छ ।

कार्यक्रममा मानव सेवा आश्रम सुदूरपश्चिमका संयोजक आदर्श ढकालले विद्यार्थी सङ्गठनले कोरोना भाइरसको महामारी फैलिरहेको अवस्थामा रोगको रोकथामका लागि जनचेतना जगाउँदै मास्क, साबुन, सेनेटाइजर, दाल र नगद वितरण गरेर आफूलाई थप उत्साहित बनाएको भन्दै खुसी व्यक्त गरेका थिए । उनले कार्यक्रममा सहभागी विद्यार्थी नेताहरूलाई धन्यवाद पनि व्यक्त गरे ।

कार्यक्रममा सङ्गठनका तर्फबाट केन्द्रीय सदस्य बबरजङ्ग सिंह र अध्यक्ष जोशीले आफ्नो सङ्गठन सदैव असहाय, वृद्ध र बेसहाराको साथमा रहिरहने र सकेसम्म सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :