अखिल (क्रान्तिकारी) ले जारी गर्यो नौबुँदे ध्यानाकर्षणपत्र

‘आमनागरिक र विद्यार्थीको बाँच्न पाउने अधिकार सुनिश्चित गर’

काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सेती–महाकाली क्षेत्रीय समन्वय समितिले ९ बुँदे ध्यानाकर्षणपत्रसहितको विज्ञप्ति जारी गर्दै विद्यार्थीको एक महिनाको घरभाडा छूट गर्नेदेखि श्रमिकहरूको जीवनरक्षा गर्नेसम्मका माग अघि सारेको छ । अखिल (क्रान्तिकारी) सेती–महाकाली ब्युरोका संयोजक वीरेन्द्र शाहद्वारा बिहीबार जारी ध्यानाकर्षपत्रमा आफ्नो सङ्गठनका सदस्यहरूलाई आफू सुरक्षित हुँदै विद्यार्थीहरूलाई आउने समस्याहरू हल गर्नका लागि पहल गर्न कडाइपूर्वक निर्देशन पनि दिएको छ ।

संयोजक शाहद्वारा जारी ९ बुँदे ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘विश्व यतिबेला कोरोना भाइरस (Covid-19) को महामारीले थलिएको छ । विश्वमा हजारौँ मानिसहरूको मृत्यु र लाखौँ मानिसहरू सङ्क्रमित भएका छन् । विश्वभरिका सबैजसो देशहरूमा लकडाउनको स्थिति छ र हाम्रो देशमा पनि लकडाउनको समयावधि चलिरहेको छ । यो परिवेशमा हाम्रो सेती–महाकालीका ९ वटै जिल्लाका सम्बन्धित निकाय र सरोकारवाला पक्षहरूको निम्नविषयहरूमा ध्यानाकर्षणसहित गम्भीर हुन अनुरोध गर्दछौँ ।’

ध्यानाकर्षणपत्रका ९ बुँदा यसप्रकार रहेका छन् :

१) डेरा गरी बस्ने विद्यार्थीहरूको एक महिनाको भाडा छूट गर्न सबै घरधनीहरूमा अनुरोध गर्दछौँ ।
२) विद्यार्थीहरू र दैनिक मजदुरी खाने वर्गलाई दैनिक उपभोग्य वस्तु खाद्यान्नमा समस्या परेको हुँदा घुम्ती सेवा प्रभावकारी बनाई सहज उपलब्धता, सहुलियत र राहत उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौँ ।
३) सम्पूर्ण निजी विद्यालयहरूलाई एक महिनाको शुल्क नलिन अनुरोध गर्दछौँ ।
४) आमबिरामीहरूलाई समेत अप्ठ्यारो पर्ने गरी सङ्कटको घडीमा बन्द रहेका स्वास्थ्य संस्थाहरूलाई कडा कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौँ ।
५) स्वास्थ्यकर्मी र सुरक्षाकर्मी मित्रहरूलाई सङ्क्रमणबाट बच्ने आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन अनुरोध गर्दछौँ ।
६) सिमानामा रहेका अलपत्र नेपाली नागरिकहरूको मौलिक हक र नैसर्गिक अधिकारलाई ध्यानमा राखी आफ्नै देशमा ल्याई अनिवार्य क्वारेन्टाइनमा राख्न अनुरोध गर्दछौँ ।
७) विदेशमा अध्ययनरत विद्यार्थीहरूलाई घरपरिवारबाट पैसा पठाउने प्रबन्धसहित अन्य समस्या हल गर्नका लागि पहलकदमी गर्न सम्बन्धित निकायसँग अनुरोध गर्दछौँ ।
८) सम्बन्धित निकायमा आवश्यक स्वास्थ्य सामग्री तयार गरी आवश्यकताअनुरूप स्वास्थ्य क्षेत्रमा अध्ययन गरेका विद्यार्थीहरूसमेत सहभागी गराएर स्वयम्सेवक टोली निर्माण गरी विदेश र छिमेकी मुलुक भारतबाट आएकाहरूको टोल–टोलमा गई लगत सङ्कलन गरेर स्वास्थ्य अवस्था जाँच गर्न माग गदैछौँ ।
९) अहिले कभभ र कक्षा ११–१२ का विद्यार्थीहरूको परीक्षा रद्द भएको हुँदा केही नकारात्मक मनोवैज्ञानिक असर परेको छ । यस्तो बेला सम्भव भएसम्मका विद्यालयहरूले अनलाइकान मिडिया, सामाजिक सञ्जाल र रेडियोमार्फत आवश्यक विषयहरूको जानकारी र परीक्षा तयारीमा सहयोग गर्न अनुरोध गर्दछौँ ।

अन्त्यमा, हाम्रो सङ्गठनका ९ वटै जिल्ला समितिका कमरेडहरू आफू सुरक्षित हुँदै विद्यार्थीहरूलाई आउने समस्याहरू हल गर्नका लागि पहल गर्न कडाइपूर्वक निर्देशन जारी गरिन्छ । विज्ञप्ति…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :