कोरोना संक्रमणविरुद्ध नेकपा सक्रिय

सर्वसाधारणलाई वितरण गर्यो मास्क र साबुन


कैलाली : कोरोना भाइरस संक्रमणले महामारीको रुप लिन थाल्दा पनि सरकार ट्वाल्ल परेर बसिरहेको समयमा नेपाल कम्युनिस्ट पार्टी भने गाउँ र टोलसम्म पुगेर सर्वसाधारणलाई जनचेतना जगाउनुका साथै मास्क र साबुन वितरण गर्न क्रियाशील रहेको छ ।

यसै सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी कैलाली जिल्लाको घोडाघोडी नगर समितिले ११ र १२ नम्बर वडामा कोरोना भाइरस संक्रमणविरुद्ध लड्न मास्क र डिटोल साबुन वितरण गर्नुका साथै कोरोना भाइरसविरुद्ध जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

नगरपालिकाभित्र रहेका १५० विपन्न घरधुरीलाई नेकपाले मास्क, डिटोल र साबुन वितरण गरेको हो । उक्त कार्यक्रममा नेकपा घोडाघोडी नगर समिति इन्चार्ज, सेक्रेटरीलागायतको उपस्थिति रहेको थियो ।

मास्क, साबुनलगायत सामग्री प्राप्त गरेपछि सर्वसाधारणले नेकपाका नेता–कार्यकर्तालाई जिम्मेवार राजनीतिक पार्टीले गर्ने काम गरेको भन्दै धन्यवाद दिएको कैलालीबाट प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :