वली सरकार जनजीविका र जनस्वास्थ्यप्रति गम्भीर बनेन : सङ्गम

काठमाडाैँ :  नेकपा रूपन्देहीले देश कोरोना भाइरसद्वारा गम्भीर भएको अवस्थामा वली सरकारले जनताको न्यूनतम् स्वास्थ्य उपचार र दैनिक जनजीविकाप्रति चासो नदिएको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । नेकपा जिल्ला इन्चार्ज सङ्गमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना रोग र लकडाउनका कारण जिल्लाका श्रमजीवी जनताको जीवन दयनीय हुँदै गएको र जनताले न्यूनतम् स्वास्थ्य उपचार नपाएको बताएका छन् ।

देश सङ्कटमा रहेका बेला वली सरकार गम्भीर नभएको बरु उल्टै जनताका लागि आएका मेडिकल सामग्रीहरूको खरिद तथा वितरणमा गम्भीर भ्रष्टाचार गरेको भन्दै विज्ञप्तिमा कडा आपत्ति जनाइएको छ । नेकपा रूपन्देहीले बिरामीहरूले उपचार नपाएर छट्पटिनु परेको र केही निजी मेडिकलहरूले बिरामीलाई फर्काएर न्यूनतम् मानवीय संवेदना गुमाएको समेत जनाएको छ ।

विज्ञप्तिमा सङ्कटको बेला केही कालाबजारियाहरूले कृत्रिम अभाव देखाएर महँगी बढाई जनतालाई दुःख दिएको भन्दै उनीहरूलाई कारबाही गर्नेसमेत बताएको छ । इन्चार्ज सङ्गमले महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट सचेत हुन र देशलाई सबैप्रकारका सङ्कटबाट मुक्त गर्नका लागि जिल्लाबासी जनसमुदायलाई जागरुक हुन अपिलसमेत गरेका छन् । विज्ञप्तिकाे पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :