सर्वसाधारणलाई मास्क, साबुन र डिजिटल थर्माेमिटर वितरण गर्दै नेपाल कम्युनिस्ट पार्टी

दाङ : युवा सङ्गठन नेपाल राप्ती ब्युरोको आयोजनामा दाङ जिल्ला युवा सङ्गठनले जिल्लाका विभिन्न ठाउँमा ४५० घरधुरीलाई मास्क, साबुन डिजिटल थर्माेमिटर वितरण गर्नुका साथै कोरोना भाइरसबारे सचेतनामूलक कार्यक्रम गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ वगेश्री थारू गाउँ टोल विकास संस्था, वडा नम्बर ३ आदर्श टोल विकास संस्था, सालघारी टोल विकास संस्था, मिलीजुली टोल विकास संस्था, शान्तिनगर गाउँपालिकाको नवजागरण टोललगायत ८ ठाउँमा विश्व–महामारीका रूपमा देखापरेको कोरोना भाइरस (Covid-19) का बारेमा सचेतनामूलक कार्यक्रमसहित ४५० घरधुरीलाई मास्क, साबुन र डिजिटल थर्माेमिटर वितरण गरिएको समाचारमा जनाइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि युवा सङ्गठन नेपाल राप्ती ब्युरोका इन्चार्ज अनिलले यो स्वास्थ्य सङ्कटका विरुद्ध कुनै पनि पूर्वाग्रहबिना राज्यका सबै पक्ष र क्रान्तिकारीहरू दुवै एक भएर लड्नुपर्ने बताए । उनले लकडाउनका बेला दैनिक श्रममा आफ्नो जीवन चलाउने श्रमिक परिवारका लागि राज्यसँग भरणपोषणको व्यवस्था गर्न माग पनि गरे ।

कार्यक्रममा युवा सङ्गठनका केन्द्रीय सदस्य वीरेन्द्र, नेपाल कम्युनिस्ट पार्टीका दाङ जिल्ला सदस्य जनक, युवा सङ्गठन दाङका अध्यक्ष विराट, पार्टीका जिल्ला सदस्य अमरलगायतको सहभागिता थियो । स्वास्थ्य सामग्रीहरू सम्बन्धित टोल विकास संस्थाका पदाधिकारीलाई वितरण गरिएको थियोे ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी दाङले पनि देउखुरीका विभिन्न ठाउँमा कोरोना भाइरसबारे सचेतनासहित मास्क, साबुनलगायत सामग्री वितरण गरेको समाचार प्राप्त भएको छ । नेकपाले दाङ–देउखुरीको मौरीघाटमा ४० परिवारलाई सामग्री वितरण गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :