कोरोनाको रोकथाममा सरकार गैरजिम्मेवार बनेको भन्दै नेकपाले जनायो आपत्ति

काठमाडाैँ : नेकपा नवलपुरले कोरोना भाइरसको महामारी फैलिएको बेला वली सरकारले बिरामीहरूलाई सहज उपचारको व्यवस्था नगरेको र अस्पताल पुगेका बिरामीहरूलाई निजी अस्पतालहरूले फिर्ता पठाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला सेक्रेटरी शीतलले मङ्गलबार प्रेस विज्ञप्ति जारी यस्तो विकराल अवस्थामा समेत सरकारले न्यूनतम् संवेदना गुमाएको बताएको छ । 

नेकपा नवलपुरले देश सङ्कटमा परेको बेला केही माफियाहरू र कालोबजारियाहरूले कृत्रिम अभाव खडा गरी जनतालाई महँगीले ढाड सेकेको बताएका छन् । जिल्ला सेक्रेटरी शीतलले जनतालाई तत्काल राहत दिनुपर्ने अवस्थामा उल्टै वली सरकार र सरकारका प्रतिनिधिहरूले मेडिकल सामग्री खरिद र वितरणमा अक्षम्य भ्रष्टाचार र अनियमितता गरेको भन्दै ती अपराधीहरूलाई जनताले कारबाही गर्ने बताएका छन् । सरकारको उक्त रबैयाप्रति घोर निन्दा एवम् भत्र्सना गर्दै कोरोना भाइरसबाट जोगिन र देशलाई सबै सङ्कटबाट मुक्त गर्न जिल्लाबासी जागरुक हुन विज्ञप्तिमा आह्वान गरिएको छ । विज्ञप्तिकाे पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :