भारतमा रहेका नेपालीहरू कोरोनाको जोखिममा

दिल्ली : भारतमा मजदुरीका लागि गएका हजारौँ नेपालीहरूको कोरोना त्रासका कारण बिचल्ली भएको छ । मुम्बई, दिल्लीलगायत ठाउँमा रहेका नेपालीहरू कोरोना र लामो लकडाउनका कारण खान र बस्न समस्यामा पर्न थालेका छन् भने कोरोनाको जोखिम पनि उत्तिकै रहेको मुम्बईमा काम गर्दै आएका प्युठानका शिव पौडेलले बताएका छन् । उयनले भने, ‘लामो लक डाउनले काम गर्न पाउने स्थिति छैन । कोठाभाडा तिर्न र खान निकै समस्या परिरहेको छ ।’

‘यहाँको सरकारले दिने राहत नेपाली मजदुरसम्म आइनपुग्ने भएकाले निकै कष्टकर हुन थालेको र उद्धारका लागि नेपालले पहल गरिदिए धेरै राम्रो हुने थियो’, पौडेलले भने ।

भारतका विभिन्न राज्यमा रहेका लाखौँ नेपाली स्वदेश फिर्ता भएपछि अझै ठूलो सङ्ख्यामा त्यहाँ बाँकी रहेका छन् । नेपालमा रोजगारीको अभावका कारण नेपालीहरू भारतमा काम खोज्न जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :