खुनको बदला खुन लिनु छ, गोलीको बदला गोली दिनु छ

विषय प्रवेश

राज्यको निकम्मा, सामाजिक दलाल फासिवादी दमन र षड्यन्त्रलाई बेपरबाह चिर्दै हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा एकीकृत जनक्रान्ति अघि बढिरहेको छ । हाम्रो पार्टीको जनप्रिय नीति–कार्यक्रम र कार्यबाट अत्तालिएको केपी सरकार हाम्रो पार्टीमाथि प्रतिबन्ध लादेर फासिवादी दमनमा उत्रिएको छ । क्रान्तिप्रेमी नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ । झूट्टा मुद्दामा फसाएको छ । पञ्चायत बिर्साउने गरी देशभरका प्रहरी हिरासत र जेलहरूमा डुलाएको छ । चरम प्रकारका शारीरिक तथा मानसिक यातना दिएको छ । क्रान्तिप्रेमी जनसमुदायलाई आतङ्कित पारेको छ । गोली हानेर मारेको छ । यसप्रकारका घटनाहरू अघि बढिरहँदा दुस्मनसँग नझुकी छातीमा गोली थापेर सहिद हुने कमरेड कुमार पौडेल, कमरेड तीर्थ, कमरेड निरकुमार राई ‘अमृत’, कमरेड धनरूप बटालाको बलिदान एकीकृत जनक्रान्तिको अमूल्य दिशानिर्देश साबित हुनेछ । कमरेड कुमार, तीर्थ, निरकुमार, धनरूपलगायतको अमूल्य बलिदानको बदला नेपाली क्रान्तिले अवश्य लिने नै छ । यसै सन्दर्भ र स्मरणमा एउटा गीत–सङ्गीत तयार पारेको छु– ‘खुनको बदला खुन लिनु छ, गोलीको बदला गोली दिनु छ ।’ यो लेखको सान्दर्भिकतासहित यही गीतबाट यो लेख आरम्भ गरिएको छ ।

खुनको बदला खुन लिनु छ, गोलीको बदला गोली दिनु छ
कुमार, तीर्थ मार्नेहरूलाई, क्रान्ति रोक्न आउनेहरूलाई
धनरूप, अर्मत मार्नेहरूलाई, क्रान्ति छेक्न आउनेहरूलाई
खुनको बदला खुन, गोलीको बदला गोली ।

चाहे होस् पुलिसको बर्दीभित्र छोपिएको दुस्मन
चाहे होस् राजनीतिको आवरणमा बेरिएको गोमन
माटोमुनि लुके अनि पानीभित्र डुबे पनि
आकाशमाथि उडे अनि देशै छाडी भागे पनि
खुनको बदला खुन लिनु छ, गोलीको बदला गोली दिनु छ ।

चाहे ल्याऊ दलालका हजार–हजार षड्न्त्रका ताना
हेर्दै जाऊ क्रान्तिभित्र क्रान्ति जित्ने क्रान्तिकारी सान
जेलभित्र थुने अनि आलो रगत पिए पनि
मासु लुछी खाऊ अनि शिर काटी लैगए पनि
खुनको बदला खुन लिनु छ, गोलीको बदला गोली दिनुछ ।

फासिवादी दमनका घृणित नमुना

नालायक केपी–बादल गृह प्रशासनको प्रत्यक्ष निर्देशनमा प्रहरीभित्रका गद्दार र मतियार प्रहरीहरूलाई प्रयोग गरेर केही योजनाबद्ध घटनाहरू गराएका केही उल्लेख्य विवरणलाई यहाँ चर्चा गर्न लागिएको छ । देशभर दलाल पुँजीवादी राज्यआतङ्क, झूट्टा मुद्दा, जेल–नेल, गिरफ्तारी, अदालतको रिहाइ गर्ने आदेश, गेटैमा पुनः गिरफ्तारजस्ता प्रक्रिया त छँदैछ । यहाँ उल्लेख गर्न खोजिएको यसै सन्दर्भमा भएका विशिष्ट घटनाहरू हुन् जसले कानुनी रूपमा राज्यको खिल्ली उडाएको छ । मानवअधिकारको दृष्टिले दुनियाँलाई हँसाउने प्रकृतिको छ । कथित संविधानको धज्जी उडाउने कार्य भएको छ । फासिस्ट चरित्रलाई चित्रण गर्ने अवस्थाको छ । केपी–बादल गृह प्रशासन र उनीहरूको नीतिलाई दर्साउने प्रकारको छ । त्यसैले यी घटना र सन्दर्भहरूलाई यहाँ प्रस्तुत गर्नैपर्ने भएको छ ।

१. हाम्रो जनप्रिय पार्टीका जनकपुर ब्युरो सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज कमरेड कुमार पौडेललाई प्रहरीले गिरफ्तार गर्यो । त्यसपछि कानुनी प्रक्रियाहरूलाई लत्याउँदै कमरेड कुमार पौडेललाई त्यहीँ चरम कुटपिट गर्यो । ५–७ स्थानमा हात भाँचिदियो । अनि टाउकोलगायत शरीरका विभिन्न भागहरूमा गोली हानेर कायरतापूर्वक हत्या गर्यो । यो केपी–बादल गृह प्रशासनको अत्यन्त निन्दनीय र भत्र्सनायोग्य कार्य हो । त्यो कायरतापूर्वक हत्या घटनाका बारेमा गृहमन्त्रीले संसद्मा सांसदहरूको जबाफ दिन पुगे– दोहोरो मुठभेडमा कुमार पौडेलको मृत्यु भयो । घटनाका बारेमा मानवअधिकारवादी सङ्घ/संस्थाहरूले आफ्नो स्पष्ट अभिमत दिइसकेको र त्यस घटनाका सबै सन्दर्भहरू बाहिर सार्वजनिक भैसकेकै छन् । त्यो घटनाका लागि निर्देशन दिने, त्यो घटनामा सहभागी हुने प्रहरी, राजनीतिक दलालहरूलगायत सम्पूर्णको पहिचान भएको पनि छ । परिवारका तर्फबाट अदालतमा किटानी मुद्दा दर्ता पनि गरिएको सन्दर्भ छ । अब त्यो घटनामा सहभागी देखिएकाहरू र घटना गराउन उद्यत हुने र निर्देशन दिनेहरूलाई त्यसैगरी हातखुट्टा भाँचेर टाउको र शरीरका विभिन्न भागहरूमा गोली हानेर हत्याको बदला हत्या भन्ने अवस्था आयो भने त्यसको जबाफ केपी–बादलहरू, गृह प्रशासन र त्यसका मतियारहरूको अवस्था के हुन्छ ? यो प्रश्नको खोजी आज नेपाली राजनीतिमा भैरहेको छ । एकीकृत जनक्रान्ति त्यसको जबाफ चाहन्छ ।

२. भोजपुर जिल्लाको सदरमुकाममा पार्टीको योजनालाई कार्यान्वयन गर्न जाने सन्दर्भमा सगरमाथा ब्युरो सदस्य तथा सेक्रेटरी कमरेड निरकुमार राई ‘अमृत’ लाई प्रहरीले गिरफ्तार गर्यो । गिरफ्तार गरिएका कमरेड निरकुमार राईलाई प्रहरीले गोली हानेर हत्या गर्यो के यो कानुन संवत् छ ? प्रहरीलाई गिरफ्तार गरिसकेपछि गोली हानेर मार्ने अधिकार छ भने जनताले आफ्नो आत्मरक्षाका लागि गोली हानेर अरूलाई मार्ने अधिकार रहन्छ कि रहँदैन ? त्यसले मानवअधिकारको रक्षा गर्छ कि गर्दैन ? राज्यको निन्दनीय कार्यको दोस्रो घृणित नमुनायोग्य सन्दर्भ हो यो ।

३. सोलुमा राजनीतिक अभियानका दौरानमा रहेका कमरेड तीर्थ गौतमलाई पनि त्यसैगरी प्रहरीले गिरफ्तार गरेर गोली हानेर मारेको छ । राजनीतिक अभियानमा रहेका कार्यकर्तालाई यसरी राज्यले हत्या गर्दछ भने त्यसको बदलामा जनतालाई बन्दुक बोक्न, गोली र बम पड्काउन किन छूट नहुने ? यसको जबाफ एकीकृत जनक्रान्तिले खोजिरहेको छ ।

४. कथित स्थानीय चुनाव बहिष्कार गर्ने क्रममा मालकोट–कालीकोटमा धनरूप बटालालाई प्रहरीले गोली हानेर हत्या गर्यो ।

५. कपिलवस्तु जिल्लाको शिवगढीमा संयुक्त गस्तीका क्रममा कमरेड दुर्गा रानालाई गिरफ्तार गरियो । प्रहरीले आफ्नो चौकीमा लगिसकेपछि ट्वाइलेटमा लगेर पछाडिबाट खुट्टामा गोली हानी घाइते बनायो । कानुनी प्रक्रियाहरूहुँदा हुँदै प्रहरीले जुन बाटो अवलम्बन गरेको छ के त्यो कानुनी राज्यको तरिका हो ? आजसम्म पनि कमरेड दुर्गा राना घाइते अवस्थामा जेलमा हुनुहुन्छ । यसप्रकारको निन्दनीय कार्यको जति विरोध र भत्र्सना गरे पनि कमै हुन्छ । यसप्रकारको घटनाले लोकतन्त्र र कानुनी राज्यको उपहास गरेको मात्रै छैन, केपीमण्डलीको फासिवादी चरित्रलाई उदाङ्गो पारिदिएको छ ।

६. पार्टीका तत्कालीन केन्द्रीय सदस्य कमरेड असललाई प्रहरीले गिरफ्तार गरिसकेपछि चरम ढङ्गले मरणासन्न हुने गरी कुटपिट गर्यो । गृह प्रशासनको यसप्रकारको कदमलाई फासिवादी कदम नभनेर के भन्ने ?

७. तत्कालीन ब्युरो सदस्य कमरेड राजीवलाई गिरफ्तार गरिसकेपछि चरम रूपमा यातना दिने काम भयो । हातका नङहरूमा पिन रोप्ने कार्य गरियो । बेहोस हुने गरी विभिन्न प्रकारका यातनाहरू दिइयो ।

८. पार्टी प्रवक्ता कमरेड प्रकाण्डसँग गिरफ्तार परेका कमरेड विमर्शलाई मरणासन्न ढङ्गले बेहोस हुने गरी यातना, कुटपिट गरियो । चरम प्रकारका शारीरिक यातनाहरू दिने कार्य भयो ।

९. हालै पार्टी प्रवक्ता कमरेड प्रकाण्डका छोरा, हाम्रो पार्टी सम्बद्ध विद्यार्थी सङ्गठनका केन्द्रीय कोषाध्यक्ष कमरेड नरेन्द्र विकलाई फागुन ५ गते दिउँसो १२– १ बजे काठमाडौँ मध्यबानेश्वरबाट गिरफ्तार गरियो । आँखामा कालोपट्टी बाँधेर रातभर बिजुलीको करेन्ट लगाउने काम भयो । चरम प्रकारका शारीरिक यातना दिने कार्य भयो । यसप्रकारको अमानवीय तथा गैरकानुनी कार्य गर्नेहरूलाई राज्यले के सजाय दिने भन्ने प्रश्न उठ्नु अस्वाभाविक होइन ।

यसरी केपी–बादल गृह प्रशासनको निर्देशनमा प्रहरीले हाम्रो पार्टीका जिम्मेवार कमरेडहरूलाई गिरफ्तार गरिसकेपछि गराएका घटनाहरूका केही उल्लेख्य सन्दर्भहरू हुन् यी । मानवअधिकारको दुहाइ दिने केपी–बादलमण्डलीको फासिवादी चरित्र कुनै पनि मूल्यमा छूट दिन लायक छैन । उनीहरूको हत्यारो भूमिकाले कथित कानुनी राज्यको उपहास गरेको मात्र छैन, कथित संविधानको खिल्ली उडाएको छ । पार्टीले यसप्रकारका हत्या, आतङ्क, पाशविक यातनाका घटनाका योजनाकार, घटना गराउन संलग्न रहको प्रहरी, स्थानीय दलाल राजनीतिक ठेकेदारहरू सबैको सही पहिचान गरिसकेको छ । एकीकृत जनक्रािन्तका क्रममा यी पाशविक घटनाहरूको हिसाबकिताब हुनेछ । राज्यका यी फासिवादी दमनका घृणित नमुनाहरू हुन् ।

नालायक राज्यको षड्यन्त्र र दमन

हाम्रो पार्टीको जनप्रिय दर्शन, नीति, सिद्धान्त, कार्यक्रमप्रतिको लोकप्रियताबाट अतालिएर यो नालायक सरकारले प्रतिबन्ध लगाएको पनि एक वर्ष बितेको छ । यसै क्रममा कमरेड कुमार, कमरेड तीर्थ, कमरेड निरकुमार, कमरेड महान, कमरेड दीपेन्द्र, कमरेड निरन्तर, कमरेड प्रज्वल, कमरेड रवीन, कमरेड रामसिंह, कमरेड धनरूप, कमरेड सनराइजले उच्च सहादत प्राप्त गरिसक्नुभएको छ । एकीकृत जनक्रान्तिका क्रममा कमरेडहरूको उच्च बलिदानले वैज्ञानिक समाजवादको अनिवार्यतालाई झनै मार्गनिर्देश गरेको छ । सहिदहरूले कहिल्यै नझुक्ने शिर, कहिल्यै नडग्ने विचार, कहिल्यै नथाक्ने एकीकृत जनक्रान्तिको यात्रा, कहिल्यै नगल्ने प्रतिबद्धता, कहिल्यै नढल्ने हिम्मत, कहिल्यै नमर्ने सहिदको बलिदानलाई आज क्रान्तिले उच्च सम्मानका लागि प्वाँखजस्तो हलुङ्गो होइन, पहाडजस्तो गरुङ्गो बलिदानको मूल्यबोध गरेको छ ।

पाखण्डी केपीमण्डलीले थोपरेको प्रतिबन्धकै क्रममा कमरेड सुदर्शन, शिलु, रणवीर, माइला, प्रज्वलन, बन्धु, हितमान, आदर्श, मुकुन्द, दीपेशलगायत सयौँजना कमरेडहरूलाई विभिन्न झूट्टा मुद्दाहरू थोपरेर जेल—हिरासतमा बन्दी बनाइएको छ । गिरफ्तार कमरेडहरूले पार्टीको नीतिअनुसार जेलको मोर्चालाई दुस्मनसँग नडगमगाउने गरी भूमिका निर्वाह गर्नुभएको छ । विभिन्न शारीरिक तथा मानसिक यातना, देशभरका चिसा जेल–हिरासतको कहरलाई कुनै परबाह नगरेर एकीकृत जनक्रान्तिको मार्गलाई झनै उच्च पार्ने कार्य भएको छ । कमरेडहरू कतै नडगमगाई हाम्रो पार्टीले अघि सारेको नीति र कार्यक्रमप्रति प्रतिबद्ध बनेर जनतालाई विश्वास र दुस्मनलाई मुटुको किला बनेर अजङ्ग पहाडजस्तो उभिनुभएको छ । यो एकीकृत जनक्रान्तिका लागि पे्ररणादायी छ ।

हामीले पढेका छौँ, हेरेका छौँ– रोमानियाका कुख्यात तानाशाह भ्लान टेपस जसले रोमानियाली हजारौँ जनताको आँखा निकाल्ने, अनुहार क्षतविक्षत बनाउने, हजाराैँ जनताको रगत पिउने, २० औँ हजार जनताको छाला निकालेर गरम पानीमा डुबाएर मार्ने, हजारौँ जनतालाई विषालु कीराले टोकाएर मार्ने र करिब एक लाखभन्दा धेरै जनताको हत्या गर्ने काम गर्यो । त्यस्तो कुख्यात तानाशाह भ्लान टेपसको सत्ता अजम्मरी बनेन । इस्वी १५३३–१५४७ सम्म रुसमा शासन गरेका तानाशाह इभान चितुतले दैनिक १ हजार मानिसलाई यातना दिन्थे र फाँसीमा चढाउँथे । हजारौँ जनतालाई कुकुर, बिरालो र हिंश्रक जनावरलाई टोकाएर मार्ने, हजारौँ महिलामाथि बलात्कार गर्ने र फाँसी दिने क्रूर तानाशाहको पनि अन्त्य भयो । त्यस्तै जर्मन तानाशाह एडल्फ हिटलर जसका कारण दोस्रो विश्वयुद्ध नै भयो, ६० लाख यहुदी र ५ लाख सर्वसाधारण मानिसलाई यातना दिएर मारे । उनै क्रूर तानाशाह हिटलरको पनि अकल्पनीय अन्त्य भयो । मिश्रका मिरान, दक्षिणअफ्रिकामा २५ वर्ष शासन गरेका बेल्जियमका शासक पोर्ट, उज्वेकिस्तानी शासक इस्लामी र इटालियन तानाशाह तथा फासिवादका प्रवर्तक बेनिटो मुसोलिनीजस्ताको शासन, दमन, उत्पीडन जनताले टिक्न दिएनन् । तिरष्कृत गरे र शासनसत्ता नै फालिदिए ।

अन्त्यमा

विश्व कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलनले हजारौँ क्रान्तिवीरहरूलाई गुमाएको छ । सहिदहरूको बलिदान मर्न नदिने प्रतिबद्धता हाम्रो पार्टीले लिएको छ । सहिदहरूको मार्गनिर्देशनलाई कहिल्यै झुक्न नदिने शपथ पार्टीले आत्मसाथ गरेको छ । अवश्य यो दलाल पुँजीवादी राज्यसत्ताले निकै ठूलो मूल्य चुकाउनु पर्नेछ । क्रान्तिप्रेमी जनताप्रति राज्यले लादेको फासिवादको बदला क्रान्तिकै क्रममा लिइनेछ ।

त्यसैले नेपाली दलाल पुँजीवादको नेपाली एजेन्ट, फासिवादी दमनको हिमायती वर्तमान दलाल सत्ता र त्यसका असली मतियार केपी–बादलको दमनकारी निर्देशन र सरकारको षड्यन्त्रलाई एकीकृत जनक्रान्तिले जरैबाट उखेलेर फालिदिनेछ । एकीकृत जनक्रान्तिको आगो सल्किसकेको छ र त्यो आगो झनै दन्किँदै पनि छ । दलाल पुँजीवादी सत्ता र केपीमण्डलीले लादेको फासिवादका विरुद्ध खुनको हिसाब खुनले र गोलीको हिसाब गोलीले लिन नेपाली क्रान्ति तयार छ । यो परिवेशमा न्यायप्रेमी नेपाली जनता, क्रान्तिप्रेमी, राष्ट्रवादी, देशभक्त, किसान, मजदुर, बुद्धिजीवी, पत्रकार, वकिल, श्रमिक, मध्यमवर्गलगायत सम्पूर्ण न्यायप्रेमी जनसमुदाय फेरि शिरमा कफन बाँधेर भन्न थालेको अनुभूत भैरहेको छ, ‘खुनको बलदा खुन गोलीको बदला गोली ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :