कोराना भाइरसबाट इटाली, स्पेन र अमेरिकाको मृत्युदर उच्च

काठमाडौँ : विश्वभरी आतंक मच्चाईरहेको कोरोना भाईरस (कोभिड–१९) को कारण इटालीमा एकैदिनमा ९ सय १९ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुने संख्यामा अहिलेसम्मकै उच्च मृत्युदर हो । शुक्रबार मृत्यु भएका ९सय१९ सहित इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९ हजार १ सय ३४ पुगेको छ । अहिले कोरोना भाईरसका कारण इटाली निकै प्रभावित बनेको छ। यस्तै यो भाइरसबाट प्रभावित हुने अर्को देश हो स्पेन । स्पेनमा पनि एकै दिनमा ७ सय ७७ जनाको मृत्यु भएको छ । यो सँगै स्पेनमा भाइरसका कारण मृत्यु हुनेको संख्या ५ हजार १ सय ३८ पुगेको छ ।

यस्तै अमेरिकामा एकैदिन ३ सय १२ जनाको ज्यान गएको छ । यससँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ७ पुगेको छ । शुक्रबार एकैदिन १७ हजार २९ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । यससँगै अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख २ हजार ६ सय ६४ पुगेको छ । अहिले विश्वमा नै सबैभन्दा बढि कोरोना संक्रमित हुनेको संख्या अमेरिकामा रहेको छ । पछिल्लो समय चिनमा आयातित नँया संक्रमितहरु पाईएपनि त्यहाको संक्रमणदर सुन्य जस्तै भएको छ । चिनमा बाहिरबाट आएकाहरुमा नयाँ संक्रमणका घटना देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :