विश्व–समुदाय एक भएमा कोरोनाविरुद्धको युद्ध जित्न सकिने चिनियाँ राष्ट्रपति सीको उद्घोष

काठमाडौँ : चिनियाँ राष्ट्रपति सी जिङ पिङले कोरोना भाइरसविरुद्ध लड्न विश्व–समुदायले सहकार्य गर्ने एउटा महत्वपूर्ण क्षण भएकाले चुनौतीका लागि उठ्ने र द्रुत गतिमा काम गर्ने समय भएको बताएका छन् । राष्ट्रपति सीले विश्व–समुदाय आपसी एकता र आपसी सहयोगको माध्यमबाट यस प्रकोपमाथि विजयी हुने विश्वास व्यक्त गर्दै मानवजातिको उज्ज्वल भविष्यलाई अँगाल्ने पनि दाबी गरेका छन् । कोरोना नियन्त्रण र उपचारको सबभन्दा शक्तिशाली तरिका विश्वव्यापी नेटवर्क निर्माण गर्न सबै मिलेर काम गर्नु पर्नेभन्दैराष्टपति सिले जुन कार्यभार विश्वले आज सम्म नदेखेको बताए ।

विश्वका २० औद्योगिक तथा धनी राष्ट्रहरू ‘जी २०’ को बैठकलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सीले कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्न चीनले मानवजीवन र स्वास्थ्यलाई पहिलो स्थानमा राखी कडा कदम चालेर आत्मविश्वास बढाउने, एकतालाई सुदृढ गर्ने, विज्ञानमा आधारित नियन्त्रण र उपचार सुनिश्चित गर्ने र लक्षित उपायहरू लागू गर्ने समग्र सिद्धान्तअनुरूप काम गरेको बताए । उनले भने, ‘हामीले ठूलो सङ्घर्ष र त्याग गरेका छौँ जसको कारण चीनको जनजीवन सामान्य बन्न थालेको छ । यद्यपि हामीले यसको नियन्त्रण र भूमिकामा कमी हुन दिएका छैनौँ । प्रकोपविरुद्धको हाम्रो लडाइँको सबैभन्दा कठिन घडीमा चीनले विश्व–समुदायका धेरै सदस्यहरूबाट सहायता प्राप्त गरेको विषयलाई चिनियाँ जनताले सधैँ सम्झिनेछन् र कदर गर्नेछन् ।’

विश्वव्यापी सार्वजनिक स्वास्थ्य सुरक्षाका लागि ठूलो चुनौती ल्याइरहेको कोरोना प्रकोपका कारण परिस्थिति धेरै विचलित र निराशाजनक भएको भन्दै राष्ट्रपति सीले त्यस्तो अवस्थामा अन्तर्राष्ट्रिय समुदायले आत्मविश्वास सुदृढ पार्दै एकताबद्ध भएर सामूहिक रूपमा तालमेल गरी यसका विरुद्ध लड्न जरुरी हुने धारणा व्यक्त गरे । यसबाट मानव जातिले एक ठूलो सङ्क्रामक रोगका विरुद्धको युद्ध जित्न सक्ने उनको निष्कर्ष थियो ।

भिडियोमार्फत जी २० राष्ट्रहरूको सम्मेलनमा राष्ट्रपति सीले प्रस्तुत गरेका ४ प्रस्ताव यसप्रकार छन्

१)    हामीले कोभिड १९ को प्रकोपविरुद्ध एक सर्वव्यापी वैश्विक युद्ध लड्न दृढ हुनुपर्छ । भाइरसको फैलावट रोक्न राष्ट्रहरूका जनसमुदाय द्रुत गतिमा अघि बढ्नुपर्छ । यस सम्बन्धमा म प्रस्ताव गर्दछु– जी २० स्वास्थ्यमन्त्रीहरूको बैठक छिटोभन्दा छिटो बसेर जानकारी आदानप्रदान गर्नुपर्छ । औषधी, खोपहरू र महामारी नियन्त्रणमा आपसी सहयोग बढाउन र सीमापार सङ्क्रमणलाई न्यूनीकरण गर्न लाग्नुपर्छ । जी २० सदस्य राष्ट्रहरूले संयुक्त रूपमा कमजोर सार्वजनिक स्वास्थ्य प्रणाली भएका विकासशील देशहरूलाई तयारी र रेस्पोन्सका लागि मद्दत गर्न आवश्यक छ । विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा राम्रो जानकारी बाँडफाँट, नीति र कार्य समन्वयका लागि म जी २० कोभिड १९ सहायता पहलका लागि प्रस्ताव गर्दछु । मानवजातिको साझा भविष्यको साथ समुदाय निर्माण गर्ने लक्ष्यबाट निर्देशित चीनले हाम्रा राम्रा अभ्यासहरू बाँड्न, औषधी तथा खोपहरूको संयुक्त अनुसन्धान र विकास गर्न सहयोग पु¥याउनेछ, र बढ्दो प्रकोपबाट प्रभावित देशहरूलाई सहयोग पु¥याउन तयार छ ।

२)    हामीले अन्तर्राट्रिय स्तरमा नियन्त्रण र उपचारका लागि सामूहिक कार्य गर्नु आवश्यक छ । यो भाइरसले सिमानाको सम्मान गर्दैन । हामीले सामना गरिरहेको प्रकोप हाम्रो साझा दुस्मन हो । नियन्त्रण र उपचारको सबभन्दा शक्तिशाली विश्वव्यापी नेटवर्क निर्माण गर्न सबै मिलेर काम गर्नुपर्दछ जुन विश्वले आजसम्म देखेको छैन । चीनले आफ्नो अनलाइन कोभिड १९ ज्ञान केन्द्र स्थापना गरेको छ जुन सबै देशहरूका लागि खुला छ । सबै देशको हितका लागि प्रारम्भिक सफलता प्राप्त गर्ने आशामा देशहरूले आफ्नो शक्ति प्रदर्शन गर्न, औषधी, खोपहरू र परीक्षण क्षमताहरूको अनुसन्धान र विकासको गतिलाई तीव्रता दिनु आवश्यक छ । जनस्वास्थ्य सङ्कटका बेला द्रुत रेस्पोन्सका लागि सक्षम हुन, सक्षम पार्न क्षेत्रीय आपत्कालीन सम्पर्क संयन्त्रहरू स्थापनाका बारेमा पनि छलफल जरुरी छ ।

३)    हामीले अन्तर्राष्ट्रिय संस्थाहरूको सक्रिय भूमिकालाई साथ र समर्थन दिनु आवश्यक छ । चीनले विज्ञानमा आधारित, उचित नियन्त्रण र उपचारको विकास गर्न र अन्तर्राष्ट्रिय सीमा प्रसार रोक्न विश्वव्यापी प्रयासहरूको नेतृत्व गर्न डब्लूएचओलाई समर्थन गर्दछ । माहामारीविरुद्ध जानकारी आदानप्रदान गर्न, व्यवस्थित र प्रभावकारी नियन्त्रण र उपचार प्रोटोकल प्रोत्साहन दिन विश्व स्वास्थ्य सङ्गठनलाई समर्थन गर्न म जी २० राष्ट्रहरूलाई आह्वान गर्दछु । जी २० प्लेटफर्मलाई सञ्चार र समन्वयका लागि, नीति संवाद र आदानप्रदान वृद्धि गर्न प्रयोग गर्न सकिन्छ र अन्तर्राष्ट्रिय जनस्वास्थ्य सुरक्षाका बारेमा उच्चस्तरको बैठक उचित समयमा बोलाउन सकिन्छ । चीनका लागि, हामी अरू देशहरूमा सामेल हुन र सान्दर्भिक अन्तर्राष्ट्रिय र क्षेत्रीय सङ्गठनहरूका लागि समर्थन जुटाउन पाउँदा खुसी हुनेछाैँ ।

४)    हामीले अन्तर्राष्ट्रिय म्याक्रो इकोनोमिक नीति समन्वय अभिवृद्धि गर्न आवश्यक छ । यस प्रकोपले विश्वव्यापी उत्पादन र मागलाई बाधा पु¥याएको छ । नकारात्मक प्रभाव कम गर्न र विश्व अर्थव्यवस्थालाई मन्दीमा फस्नबाट रोक्न देशहरूले उनीहरूको समष्टिगत नीतिहरूको उपयोग र समन्वय गर्न आवश्यक छ । हामीले हाम्रो विनिमयदर मूल रूपमा स्थिर राख्नका लागि कडा र प्रभावकारी वित्तीय र मौद्रिक नीतिहरू कार्यान्वयन गर्न आवश्यक छ । हामीले विश्वव्यापी वित्तीय बजारहरू स्थिर राख्न वित्तीय नियमनलाई अझ राम्रो समन्वय गर्न आवश्यक छ । हामीले संयुक्त रूपमा विश्वव्यापी औद्योगिक र आपूर्ति शृङ्खलाहरू स्थिर राख्नु पर्छ । यस सम्बन्धमा चीनले अन्तर्राष्ट्रिय बजारमा आफ्ना औषधि सामग्री, दैनिक आवश्यक सामग्रीहरू, महामारीविरुद्धका उपकरण र सामग्रीहरू र अन्य वस्तुहरूको आपूर्ति बढाउनेछ । हामीले अझ बढी, महिला, बालबालिका, वृद्धवृद्धाहरू, अपाङ्गता भएका व्यक्तिहरू र अन्य कमजोर समूहहरूको सुरक्षा गर्न र मानिसका आधारभूत आवश्यकताहरूको परिपूर्ति गर्नु पनि आवश्यक छ । चीनले एक सक्रिय वित्तीय नीति र विवेकशील मौद्रिक नीति कायम राख्नेछ । हामी सुधार र खुला बजार पहुँच विस्तार, व्यावसायिक वातावरण सुधार गर्न, आयात र आउटबाउन्ड लगानीका माध्यमबाट विश्व अर्थव्यवस्थालाई स्थिर राख्न मद्दत गर्नेछौँ ।

कर छूट, अवरोधहरू हटाउने एवम् निर्बाध व्यापारको सुविधा दिन सबै जी २० सदस्यहरूले सामूहिक प्रयास गर्नु पर्दछ । साथै हामीले आर्थिक पुनस्र्थापनाका लागि कडा सङ्केत दिन सक्छौँ र विश्वास पुनः जगाउन सक्छौँ विश्व अर्थव्यवस्थाको पुनस्र्थापना (रिकभर) का लागि । जी २० ले एक कार्ययोजना बनाउनुपर्छ र तुरुन्तै सञ्चार संयन्त्र र महामारीविरुद्ध नीति समन्वयका लागि संस्थागत व्यवस्था खडा गर्नु जरुरी छ ।

यो एक महत्वपूर्ण क्षण हो । अब हामी चुनौतीको सामना गर्न उठ्ने र द्रुत गतिमा काम गर्ने समय हो । म विश्वस्त छु– एकता र आपसी सहयोगको माध्यमबाट हामी यस प्रकोपमाथि विजयी हुनेछौँ र हामी सबै मानवजातिको उज्ज्वल भविष्यलाई अँगाल्नेछौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :