‘कम्युनिस्ट सरकार’, भ्रष्टाचार र सत्ताको भ्रष्टाचारी चरित्र

दुई तिहाइको दुहाइ दिने कथित कम्युनिस्ट पार्टीको नेतृत्वमा चलेको केपी वली सरकारका विश्वस्त प्रतिनिधि मन्त्री गोकुल बास्कोटाका भ्रष्टाचारी कर्तुतहरूबाट प्रधानमन्त्री स्वयम्को संलग्नता रहेका तथ्यहरू भण्डाफोर भैसकेपछि उद्घोष गरिएको ‘भ्रष्टाचारविरोधी’ नारा आफैँमा रसिलो मजाक बनेको छ । यो घटना पनि ठीक त्यही घटनासँग मिल्दोजुल्दो छ जो विगतमा प्रधानमन्त्री गिरिजा कोइरालाको सरकार हुँदा लाउडाकाण्ड चलेको थियो । यद्यपि नेपालमा प्रधानमन्त्री भएकाहरूले बारम्बार केपी वलीले जस्तै आफू भ्रष्टाचार नगर्ने र अरूलाई गर्न पनि नदिने प्रतिबद्धता गरेका हुन्छन् तथापि कुनै पनि प्रधानमन्त्री र मन्त्रीहरू सरकारमा पुगेपछि भ्रष्टाचार, तस्करी, जनविरोधी कामहरू र राष्ट्रघातबाट बिल्कुल अछूत रहन सक्दैनन् । यो तथ्य नेपालमा मात्र होइन, नेपालजस्ता अल्पविकसित, दलाल पुँजी निर्णायक राजनीतिक–आर्थिक वर्चस्वमा रहेका देशहरूमा निरन्तर विद्यमान रहेको हुन्छ । त्यसैगरी नेपालमा भ्रष्टाचार भएको यो पहिलो घटना होइन । विगत लामो समयदेखि नेपालका सबै प्रधानमन्त्रीहरूले यही नारा अलाप्ने काम गरेका थिए तर तिनै प्रधानमन्त्रीहरूको नेतृत्वमा रहेका मन्त्रीहरूले भ्रष्टाचार गर्दै आएका थिए । मानौँ देशमा प्रधानमन्त्री हुनु भनेको भ्रष्टाचारीहरूको नाइके हुनुजस्तै हो र मन्त्रीहरू भनेका प्रधानमन्त्रीको निर्देशनमा भ्रष्टाचार गर्ने पात्रहरू हुन्, देशमा यही हुँदै आएको छ ।

भ्रष्टाचारका यी कर्तुतहरूमा गोकुल बास्कोटाको भ्रष्टाचार अरू मन्त्रीहरूको भन्दा यसकारणले बढी चर्चित रह्यो, यसप्रकारका कर्तुतहरूको ढाकछोप गर्नका लागि जति प्रयत्न प्रधानमन्त्रीले गरे नेपालको इतिहासमा सायदै अन्य प्रधानमन्त्रीहरूले गरेका हुन् । उनका भ्रष्ट मन्त्रीको बचाउ गर्नका लागि प्रधानमन्त्रीले कतिसम्म भने भने नेपालका सबै मन्त्रीहरूलाई एउटा तुलोमा र गोकुल बास्कोटालाई अर्को तुलोमा राख्यो भने गोकुलको तुलो नै भारी हुन्छ । (हुनत उनले गोकुलको तुलोमा प्रतिपक्षी नेपाली काङ्ग्रेसलगायत अन्य सबै संसदीय पार्टीलाई भनेजस्तो गरेका थिए तथापि यसको वास्तविक अर्थ भ्रष्ट गोकुलको तुलना अन्य कम भ्रष्ट मन्त्रीहरूसँग गरिएको थियो ।) यसको तात्पर्य के हुन्थ्यो भने गोकुलले प्रधानमन्त्रीलाई जति भ्रष्टाचारलाई प्रभावकारी तरिकाले संस्थागत गरेका थिए त्यही तुलनामा अरू कुनै मन्त्रीहरूले गर्न सकेका थिएनन् । केपीले यसप्रकारको प्रशंसा र उनका भ्रष्टाचारी कर्तुतहरूको ढाकछोपको प्रयत्न गरेको केही दिनमै अर्बौंको कमिसन र मोलमोलाइ गरेका दर्जनौँ परियोजनामा नियन्त्रण गरेका प्रमाणसहितका श्रव्य सामग्री्र सञ्चारमा आयो । प्रमाणहरूका अगाडि सरकारमा रहन उनीहरूको जोर चलेन र अन्ततः विवशतापूर्वक उनले राजीनामा दिनुपर्यो ।

यो त भयो भ्रष्टाचार गर्ने र त्यसको ढाकछोप गर्ने केपी वलीले गरेको कलाविहीन कलाकारिता र त्यो परिस्थितिले ल्यएको मन्त्री गोकुल बास्कोटाको राजीनामाको प्रश्न । तर नेपालजस्ता देशहरूमा भ्रष्टाचार किन हुन्छ ? के कारणले नेपालका कुनै पनि मन्त्रीहरू भ्रष्टाचारबाट अलग रहन सक्दैनन् ? त्यसका बारेमा हामीले गहिरो गरी मनन गर्नु आवश्यक हुन पुग्छ ।

संसद्वादी व्यवस्थाको जीवनभर भ्रष्टाचार, तस्करी, कालोबजारी, सूदखोरी, कमिसनखोरी, राष्ट्रघात, जनविरोधी काम गरेका केपी वलीको जतिबेला ‘हजार चुहा खाकर बिल्ली चले हज’ भत्रे उखानको चरितार्थ गर्दै ‘भ्रष्टाचार गर्दिनँ र गर्न पनि दित्रँ’ भत्रे नारा अगाडि आयो, त्यही बेला हामीले लेखेका थियौँ र भनेका थियौँ– प्रधानमन्त्री वलीले भ्रष्टाचार नगर्ने कुराको मनसाय व्यक्त गर्नु राम्रो कुरा हो तर त्यसप्रकारको भ्रष्टाचारी व्यक्तिसँग सम्बन्धित कम र व्यवस्थासँग सम्बन्धित बढी हुने गर्छ ।

हामीले नेपालकै उदाहरण दिएका थियौँ, २०४६ सालपछि नेपालको संसदीय राजनीतिक परिवेशमा केपी वली प्रधानमन्त्री हुँदासम्म तुलनात्मक रूपमा आफैँले भ्रष्टाचार नगरेका प्रधानमन्त्री नेपाली काङ्ग्रेसका कृष्णप्रसाद भट्टराई थिए तर उनको मन्त्रिमण्डलका मन्त्रीहरू र उनको पार्टी नेपाली काङ्ग्रेसबाट बनेका कोही पनि मन्त्री र प्रधानमन्त्रीहरू भ्रष्टाचार नगर्नेमा दर्ज हुन सकेनन् । नेपालमा दलाल पुँजीवादी व्यवस्था रहँदासम्म भ्रष्टाचार नगर्ने मनसाय हरेक राजनीतिक नेताहरू, मन्त्रीहरू र प्रधानमन्त्रीहरूमा हुन सक्थ्यो र त्यसप्रकारको मनसाय भ्रष्टाचारको बाध्यतामा नफस्दासम्म रहिरहन्छ पनि तर कुनै पनि क्रियाशील मन्त्री वा प्रधानमन्त्री यो दलाल पुँजीवादी व्यवस्था रहँदासम्म भ्रष्टाचार नगर्ने हुनु सम्भव नै थिएन । त्यस्तै हामीले भनेका थियौँ, कोही पनि मानिस जन्मँदै भ्रष्टाचारी, चोर, दलाल, राष्ट्रघाती, बेइमान हुँदैनन् । उनीहरू जब समाजमा आउँछन् समाज रहेको राजनीतिक र आर्थिक व्यवस्था र त्यो व्यवस्थाले निर्माण गरेको वातावरणले उनीहरूलाई भ्रष्ट, दलाल र राष्ट्रघाती बनाउँछ ।

यसप्रकारको दुर्दशाबाट मुक्ति पाउन मानिसहरू एकबाट अर्को पार्टी बदल्न पुग्छन् किनभने संसद्वादी व्यवस्थाभित्र एउटा नेताप्रति चित्त नबुझ्दा अर्को नेता छात्रु, एउटा पार्टीको विकल्पमा अर्को पार्टी छात्रु प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र जेसुकै भने पनि अङ्ग्रेजी शब्दको ‘डेमोक्रेसी’ हो । हुनत डेमोक्रेसीका बारेमा सुरुका दिनहरूमा दार्शनिकहरू विभित्र परिभाषा दिने गर्थे । ‘डेमोक्रेसी’ अथवा लोकतन्त्रको अर्थ समानता, समान अवसर, समान जिम्मेवारी र समान सम्मान भत्रे हुन्थ्यो । यही मान्यता प्रयोग गरेका देशहरू, मूलभूत रूपमा पश्चिमयुरोप र अमेरिका, समृद्ध, शक्तिशाली र सम्मानित नागरिक भएका हुन पुगे । तर दलाल पुँजीवादी भएका देशहरूमा बदनाम भएका नेता र पार्टीहरू पालो–पालो गरी बदली गर्नुभन्दा अर्को विकल्प हुन सक्दैन । त्यसैकारण संसद्वादीहरू यही प्रक्रियालाई लोकतन्त्रको गहना भन्दै सधैँ एउटै कुरा गरिरहन्छन्– भ्रष्टाचार गर्ने हो भने अर्कोपटक उसले चुनावमा पराजय भोग्नु पर्नेछ । कतिपय मानिसहरू अर्को चुनावमा पराजित पनि हुन्छन् तर अर्को पार्टीबाट पनि त्यही दशा हुन्छ जुन पहिलेको पार्टीबाट हुने गरेको थियो । अथवा नेपालका सन्दर्भमा अहिले संसद्वादी नेकपा (नेकपा) बनेको छ । भोलि चुनाव भयो र त्यो ठाउँमा नेपाली काङ्ग्रेस पुग्यो भने त्यो अहिलेको प्रक्रिया त्यहाँ पनि दोहोरिन पुग्छ र उनीहरू पनि यसैगरी भ्रष्टाचारी र राष्ट्रघाती हुन पुग्छन् । यस्तो के कारणले हुने गर्छ ? यसको पछाडिको कारण नेपालको दलाल पुँजीवादी व्यवस्था हो ।

दलाल पुँजीवादी व्यवस्थाले देशको आर्थिक आधार समाप्त पार्छ । राष्ट्रिय राजनीतिक उपरिसंरचना चाहे त्यो संविधानमा लेखेको ‘समाजवाद उन्मुख’ होस् वा प्रजातान्त्रिक समाजवाद वा लोकतान्त्रिक समाजवाद, त्यसले आफ्नो चरित्रको आधार पाउन सक्दैन र त्यो दलाल पुँजीवादको जगमा उभिन बाध्य हुन्छ । यही कारण हो– दलाल पुँजीवादी व्यवस्थामा हरेक मानिसले भ्रष्टाचार गर्न, राष्ट्रघात गर्न बाध्य हुनुपर्छ ।

दलाल पुँजीवादका तमाम चरित्रहरूमध्येको एउटा चरित्र हो– आफ्नो उत्पादन समाप्त गर्नु र अरूले उत्पादन गरेको सामान आयात गरेर आफ्नो देशका जनतालाई बिक्री गर्नु । यसको ज्वलन्त उदाहरण नेपालमा देख्न सकिन्छ । नेपालमा मूलभूत रूपमा सामन्तवादको अन्त्य र नोकरशाही दलाल पुँजीवादको उदय २०४६ सालको जनआन्दोलनपछि स्थापित भएको राजतन्त्रात्मक संसदीय व्यवस्थाले गरेको थियो । पुरानो सामन्तको स्थानमा सडकमा फालिएका काङ्ग्रेस र एमालेहरू नयाँ सामन्तका रूपमा दलाल पुँजीवादी सत्तामा उक्लिएका थिए । उनीहरूको आगमनसँगै नेपालको सम्पूर्ण औद्योगिक प्रक्रिया निषेधबाट सुरु भएको थियो । त्यसको पहिलो निर्णय हेटाैँडा–काठमाडौँ जोड्ने रज्जुमार्ग (रोप वे) बन्द गरियो । क्रमशः देशका सबै उद्योगहरू कि त बिक्री गरियो कि दामासाही गरेर खाने काम गरियो । यो प्रक्रिया नेपालका सबै प्रतिक्रियावादीहरू मिलेर पूरा गरे ।

नेपालका तमाम बुद्धिजीवीहरू, देशभक्तहरूले देशमा उद्योगहरूको स्थापना होस्, देशमा रोजगारी सिर्जना होस्, शान्ति र अमनचैन होस् भत्रेबारेमा निकै बहस गरिरहेका हुन्छन् । जनताका अधिकारहरू स्थापित होऊन् भत्रे विषयमा पनि निकै बहस चलेको हुन्छ । यो बहसको बाढी दिनदिनै पत्रिकाहरू, टेलिभिजन च्यानलहरू र रेडियोहरूमा बिहान उठ्ने समयदेखि बेलुकी सुत्ने समयसम्म व्यापक रूपमा सुत्र पाइन्छ । तर यी बहसहरूमा यो कुरा भने कहीँ छोइएको हुँदैन– यो व्यवस्थाभित्र र यो व्यवस्थाका सञ्चालकहरूको नेतृत्वमा सम्भव छैन । जुन चाहना मानिसहरूले गरेका हुन्छन् त्यो पूरा गर्ने व्यवस्था नै नेपालमा छैन । त्यसका लागि अहिले नै न्यूनतम् पुँजीवादी व्यवस्था हुनुपथ्र्यो र अधिकतम् समाजवादी । दलाल पुँजीवादी व्यवस्थाभित्र त्यसप्रकारको उत्रतिको कुनै गुन्जायस रहन सक्दैन तर मानिसहरू त्यसप्रकारको आमूल परिवर्तन गर्ने व्यवस्थामा ल्याउनका लागि तत्पर हुन सक्दैनन् ।

कतिपय मानिसहरू यो कुरा पनि गर्छन्– नेपालका कम्युनिस्टहरू पहिलेका पुँजीवादीहरूजत्ति पनि हुन सक्दैनन् । त्यसका पछडि अहिलेको एमलेकृत कम्युनिस्टलाई हेरेर अवधारणा बनाइएको छ । यथार्थमा यो मूल्याङ्कन पूरै पूर्वाग्रही र एकाङ्गी प्रकारको छ । त्यसमा पहिलो कुरा के हुन्छ भने पहिलेको पुँजीवाद प्रगतिशील थियो र त्यो अवस्थामा कुनै न कुनै रूपले सबै देशहरूले पुग्नु अनिवार्य हुन पुग्छ । त्यसकारण सबै समाजवादी देशहरूले कुनै न कुनै रूपले पुँजीवादले पूरा नगरेका कामहरू पूरा गर्नु अनिवार्य हुन्छ । यसको ज्वलन्त उदाहरण रुसको समाजवादी क्रान्तिका चार वर्षहरू र चीनमा समाजवादमा रूपान्तरण हुनुपहिलेका नयाँ जनवादीकालमा देखिन्छ । यो एउटा समाज विकासको अनिवार्य नियम हो जो द्वन्द्वात्मक विधिको अनिवार्य सर्त हो । बहसकर्ताहरूले जुन तरिकाले कम्युनिस्टहरू पहिलेका पुँजीवादीहरूबराबर हुने आरोप लगाउन खोजेका छन् र कम्युनिस्ट आन्दोलनप्रति वितृष्णा फैलाउने दुःचेष्टा गरेका छन् त्यो एकाङ्गी, अवस्तुवादी छ । दोस्रो कुरा अहिलेको सत्तासीन नेकपालाई जसरी कम्युनिस्ट भत्र खोजिन्छ त्यो पनि सही मूल्याङ्कन होइन । वास्तवमा अहिलेको नेकपाको चरित्र पुँजीवादी पनि होइन, यो दलाल पुँजीवादी पार्टी हो । त्यसो भए नेपाली काङ्ग्रेस पुँजीवादी पार्टी हो त ? सिद्धान्ततः यो पुँजीवादी पार्टी हो तर व्यावहारिक रूपमा त्यो सामन्तवादी दालल पार्टी हो । त्यसकारण यी पार्टीहले आफैँमा ठूलो वैचारिक क्रान्ति नगर्दासम्म उनीहरू समाजवादी बत्रु त धेरै परको कुरा हो, पुँजीवादी पार्टी पनि हुन सक्दैनन् ।

सामन्तवाद, दलाल पुँजीवाद, पुँजीवाद रहँदासम्म देशमा भ्रष्टाचार अन्त्य हुन सक्दैन । सामन्तवाद उन्मूलन गर्न नचाहने, भ्रष्टाचार उन्मूलन गर्न चाहने, दलाल पुँजीवाद अन्त्य गर्न नचाहने भ्रष्टाचार अन्त्य चाहने, पुँजीवाद नियन्त्रण गर्न नचाहने भ्रष्टाचार नियन्त्रण गर्न चाहने यस्ता विपरीत कुराहरू हुन्, मासु खान चाहनु तर जनावर काट्न नचाहनु, उत्पादन गर्न चाहनु तर माटोको उपयोग गर्न नचाहनु, बोल्न चाहनु तर मुख चलाउन नचाहनुजस्तै पूरै अन्तरविरोधी कुरा हुन् ।

नेपालमा भ्रष्टाचार अन्त्य गर्नु छ भने पहिले दलाल पुँजीवादी व्यवस्थाको अन्त्य गरौँ । वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरौँ । त्यसले चुनावको भ्रष्टाचारी तरिकालाई अन्त्य गर्नेछ । भ्रष्टाचारी उत्पादन सम्बन्ध उन्मूलन गरौँ । त्यसले सन्ततिको भविष्यप्रतिको चिन्ता र देशको गरिबीको कारण भ्रष्टाचार गर्नुपर्ने वाध्यताको अन्त्य गर्नेछ । यसप्रकारको उत्पादन सम्बन्धको अन्त्यले समाजमा स्वच्छ प्रकारको सामाजिक सम्बन्ध स्थापना हुनेछ । त्यसप्रकारको सामाजिक सम्बन्धले मात्रै जोकोही समाजमा व्यक्तिगत रूपले जतिसुकै भ्रष्टाचारी निस्किए पनि उनीहरूका लागि भ्रष्टाचार गर्नु न सम्भव हुनेछ, न त आवश्यक । यसले समाजमा अहिलेको जस्तो भ्रष्टाचारलाई कानुनी वैधता दिएर होइन, वास्तविक रूपमा भ्रष्टाचार गर्नुपर्ने आवश्यकताको अन्त्य गरेर भ्रष्टाचार नियन्त्रण मात्र होइन, पूरै उन्मूलन हुनेछ । त्यतिबेला कुनै पनि मन्त्री वा प्रधानमन्त्रीहरूले न भ्रष्टाचार गर्ने अवस्था रहनेछ, न त ‘भ्रष्टाचार गर्दिनँ’ भनेर प्रतिबद्धता गर्नुपर्नेछ । जहाँ भ्रष्टाचार गर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ त्यहाँ भ्रष्टाचारको पनि अन्त्य हुनेछ । त्यतिबेला मात्र केपी वलीले बोकेको फोहोरको झोला ‘म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न पनि दित्रँ’ इतिहासको डम्पिङमा कुनै पनि दुर्गन्ध नआउने गरी पुरिनेछ ।

फागुन, २०७६

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :