नेपालमा संक्रमण रोक्न नसके धेरै मानिस जोखिममा पर्ने डब्लुएचओको चेतावनी

काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमण देखिएसँगै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पहिलो चरणमै कोरोनाभाइरसको महामारी रोक्न सचेत गराएको छ । यदि पहिलो चरणमै संक्रमण फैलिनबाट रोक्न नसके नेपालमा महामारी फैलिने र यसबाट धेरै मानिस जोखिमा पर्ने चेतावनी डब्लुएचओले दिएको छ ।

संक्रमणको अवस्था प्रारम्भिक चरणमा भएको कारण डब्लुएचओले पहिलो चरणमै कोरोनाको संक्रमण रोक्न नेपाललाई विशेष आग्रह गरेको हो । इटाली, स्पेन र भारतमा देखिएको लापरबाहीले कोरोना भाइरसले भयावह रुप लिएको डब्लुएचओको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :