मुलुकमा कोरोना प्रकोप बढ्दै, केपी सरकार भने क्रान्तिकारीलाई गिरफ्तार गर्दैमा व्यस्त


काठमाडौँ : मुलुकमा दैनिक कोरोनाको प्रकोप बढिरहेको समयमा केपी वली सरकार भने क्रान्तिकारीहरुलाई गिरफ्तार गरी झूट्टा मुद्दा लगाउनमै व्यस्त देखिएको छ । यसै सन्दर्भमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति चितवनका संयोजक रेम्बोर्जे लामाले प्रेस विज्ञप्ति जारी गरी सरकारले आफ्नो सङ्गठनका जिल्ला समिति सदस्य तथा रत्ननगर नगरपालिका संयोजक प्रविन आचार्य ‘आक्रोश’ लाई सरकारले चैत ८ गते आफ्नै निवासबाट गिरफ्तार गरी झूट्टा मुद्दा लगाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो महान् तथा गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) स्थापना कालदेखि नै शिक्षामा भएका माफिया, दलाली र व्यापारीकरणका साथै पुँजीवादी शिक्षाप्रणाली अन्त्य गरी वैज्ञानिक समाजवादी शिक्षाप्रणाली स्थापनाका निम्ति सङ्घर्षको मैदानमा रहेको सबैमा अवगत नै छ । कोरोना भाइरसको सङ्क्रमणविरुद्ध जुटिरहेको अवस्थामा जिल्ला समिति सदस्य तथा रत्ननगर नगरपालिका संयोजक प्रविन आचार्य ‘आक्रोश’ लाई केपी–पीके–बादल सरकारले चैत ८ गते आफ्नै निवासबाट गिरफ्तार गरी झूट्टा मुद्दा लगाएको छ । सरकारको यसप्रकारको निन्दनीय हर्कतप्रति हाम्रो सङ्गठन गम्भीर भत्र्सना गर्दछ । तसर्थ जिल्ला सदस्य तथा रत्ननगर नगरपालिका संयोजक प्रविन आचार्यलाई बिनासर्त तुरुन्त रिहाइको माग गर्दछौँ । अन्यथा हामी कडा सङ्घर्षमा उत्रिन बाध्य हुनेछौँ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :