कोरोनाको उच्च जोखिममा नेपालका कारागार, क्षमता भन्दा तिनगुणा बढी कैदी बन्दी

राजनीतिक बन्दीहरुलाई रिहा गर : नेकपा

काठमाडौँ : क्षमता भन्दा बढि कैदी बन्दी राखिएका नेपालका कारागारहरुमा कोरोना संक्रमणको उच्च जोखिम रहेको छ । राजनैतिक आस्थाका आधारमा बन्दी गराईएका र अदालतले सफाई दिइसकेकाहरुपनि देशका विभिन्न कारागारहरुमा छन् ।

हाल देशभरीका ७२ वटा कारागारमा करिब २६ हजार कैदीबन्दी छन् । १० हजारको सेरोफेरोमा कैदी बन्दी अटने कारागारमा कतिपय ठाँउमा दोब्बर र कतिपय ठाउमा तेब्बर बन्दी छन् । काठमाडौँको केन्द्रीय कारागार र नख्खु कारागारमा क्षमताभन्दा निकै बढि कैदी बन्दी छन् ।

नेपालको कारागारको अवस्थालाई लिएर मानव अधिकारको क्षेत्रमा काम गर्ने एमनेस्टी इन्टरनेश्नलले कुनै कुनै कारागारमा तेब्बरभन्दा बढी कैदी बन्दी रहेको भन्दै ति कारागारहरुमा निकै जोखिम रहेको बताएको छ । साथै सुरक्षाका लागि खतरा नहुनेलाई छाड्न पनि एमनेस्टीले सरकारलाई सुझाब दिएको छ । नेपालमा पनि कोरोना भाइरसको संक्रमण केश फेला पर्न थालेपछि एमनेस्टीले प्रेस विज्ञप्ति निकालेर कैदी बन्दीहरुका विषयमा चासो प्रकट गरेको हो ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टीका एक केन्द्रीय नेताले देश गम्भिर स्वास्थ्य संकटमा परेको यो समयमा सरकारले मानविय समबेदनाका आधारमा पनि राजनैतिक कैदीबन्दीहरलाई रिहा गर्नुपर्ने बताएका छन् । बिद्रोही नेकपाका ति नेताले अन्य देशहरुले एकै पटक हजारौ हजार बन्दीहरुलाई रिहाई गरिरहेको बेला नेपालमा अदालतले सफाई दिएपनि फरक राजनीतिक आस्थाका आधारमा बन्दी बनाईएका राजनीतिक बन्दीहरुलाई पनि रिहा नगरेको भन्दै उनीहरुलाई बिनाशर्त रिहा गर्नुपर्ने बताए ।

सो पार्टीको नेताहरु हेमन्तप्रकाश ओली ‘सुदर्शन’, चन्द्रबहादुर चन्द ‘बिरजङ’, उमा भुजेल ‘शिलु’, भरत बम ‘रणबिर’, माइला लामा ‘प्रज्वल’, बन्दु चन्द लगायत सयौं नेताकार्यकर्ताहरुलाई गिरफ्तार गरी जेल हिरासतमा राखिएको छ । यी मध्ये धेरैले अदालतबाट सफाई पाईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :