भलिबलकी मेधावी प्रतिभा

prativa mali
काठमाडौं/असार १८ : वि.सं. १९९७ सालमा राणाशाहीद्वारा मारिएका सहिद दशरथ चन्दको स्मृतिमा गठित दशरथ चन्द स्मृति ट्रस्टले क्षेत्रगत रुपमा ५ जना र पारा खेलकुदबाट २ जना खेलाडीलाई नगदसहित सम्मानपत्र प्रदान गरेको छ । २०७३ सालका विभिन्न खेलमा गरेको प्रदर्शन मुल्याङ्कनको आधारमा सो सम्मान प्रदान गरिएको हो । त्यसरी दशरथ चन्द मेधावी पुरस्कार पाउनेहरुमा भलिबलतर्फ प्रतिभा माली, पारातर्फ तेक्वान्दोकी सिता भण्डारी, एथलेटिक्सतर्फ विक्रमबहादुर रानालगायत छन् । पुरस्कृत हुने अन्य खेलाडीमा नवयुग श्रेष्ठ, विपना परियार, नेरी थापा, निशा रावल र सञ्जय पण्डित (मरणोपरान्त) छन् । पुरस्कृत व्यक्तित्वलाई जनही १० हजार रुपैयाँ नगद र सम्मानपत्र वितरण गरिएको थियो । संस्थाका संरक्षक लोकबहादुर चन्दले खेलाडीहरुलाई सम्मान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :