साला, सिसिएम भएर चोर्ने !/के.सी विरुद्ध उजुरी

sher - arjun

काठमाडौं/असार १८ : नेपाली कांग्रेसभित्र के हुँदैन ? पत्याउनै गाह्रो हुने, भन्न लाज लाग्ने घट्नाहरु भैरहन्छन् । नेता तथा पूर्वमन्त्री अर्जुन नरसिंह के.सी.ले आफन्तलाई टिकट बाँड्न उम्मेदवारी अख्तियारीपत्र नै चोरेर त्रिशुलीतिर गएपछि चिढिएका सभापति देउवाले सबैका सामू झोक्किदै “साला, सिसिएम भएर चाेर्ने !’’ भनेका छन् ।  राजनीतिक शक्ति सन्तुलनको आधारमा गुट परिवर्तन गरिरहने पञ्च पृष्ठभूमीका नेता के.सी. कांगे्रसभित्र यतिवेला देउवा पक्षधर नेता हुन् । स्थानीय तह निर्वाचनमा उनै अर्जुननरसिंहले टिकट चोरेपछि शेरबहादुर झोक्किएका हुन् ।

कांग्रेस निकट स्रोतका अनुसार दोस्रो चरणको स्थानीय तहको निर्वाचनको टिकट वितरण गर्ने ठेक्का पाएका गणेशमान सिंह पुत्र प्रकाशमानसँगको भेट–घाटको क्रममा सिंह सौचालय गएको मौका छोपी टिकट चोरेर के.सी. टाप ठोकेको स्रोतको दावी छ । त्यसपछि चिढिएका सिंह र देउवाले के.सीलाई देउवा निवासमा बोलाएर कार्यकर्ता कै सामुन्य मानहानी गरेका थिए । उता के.सी.ले भने चोरेको टिकट बाँडिसकेका थिए । त्यसपछि देउवाले नुवाकोटमा आफैंले  हस्ताक्षर गरेर अर्को पत्र पठाए । जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशनको हस्ताक्षर भएको चोरेको पत्र लिएर गएका के.सी. पक्षधर र देउवाको हस्ताक्षर लिएर गएका अर्काथरी उम्मेदवार पुगेपछि जिल्ला निर्वाचन अधिकृतले कसलाई मान्यता दिने ? भनी देउवालाई सोधेपछि “म सभापति अरु कसको आधिकारिक हुन्छ ?” भनेपछि के.सी. पक्षधर ‘चोटा खान गएकी ….. डुबेर मरी’ भने झैं भएका थिए । एक स्थानमा पनि आफ्नो गुटले टिकट नपाएपछि के.सी. पक्षधर भने कांग्रेस उम्मेदवार हराउ अभियानमा लागे । लिखु गापा, पञ्चकन्या गाप, बेलकोटगढी नपालगायतमा कांग्रेसको हारमा के.सी.कै हात रहेको स्थानीय कांग्रेसी कार्यकर्ताहरुको आरोप छ । के.सी. का विरुद्ध अन्तरघात गरेको भन्दै केन्द्रीय कार्यालयमा उजुरीसमेत परेको छ । यो घटनाले नुवाकोटमा के.सी. पक्षधर कमजोर हुँदै महत पक्षधर हावी हुँदै गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :