नेकपाका नेताहरु नविन र धिरेन्द्रा रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य नविन विश्वकर्मा र अखिल नेपाल महिला संघ(क्रान्तिकारी)की केन्द्रीय महासचिव धिरेन्द्र उपाध्याय रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशमा नेता विश्वकर्मा र नेतृ उपाध्याय रिहा भएका हुन् ।

बुधबार सर्वोच्च अदालतमा भएकाे बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै न्यायाधिस टंकबहादुर मोक्तान र प्रकाशकुमार ढुंगानाको इजलासले उनीहरूलाइ गैरकानुनी थुनामा राखेको भन्दै  रिहाईको आदेश दिएको हो । उपाध्याय गत साउन १३ गते र विश्वकर्मा असोज ८ गते काठमाण्डौंबाट पक्राउ परेका थिए भने यसअघि काठमाडौं जिल्ला अदालतले थुनामुक्त गरेपछि पुनः गिरफ्तार गरी सुनसरी हुँदै कालिकोट पुर्याएको थियो ।

चैत ३ गते सर्वाेच्च अदालतले रिहाको आदेश दिएपनि अदालतको गेटबाटै प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :