कोरोना भाइरस सम्पुर्ण मानवजातिका निम्ति खतरा : राष्ट्रसंघ

photo : APF

काठमाडौँ : संयुक्त राष्ट्रसंघले कोरोनाभाइरस महामारी सम्पुर्ण मानव जातिका लागि ठुलो खतरा भन्दै त्यसविरुद्ध सम्पूर्ण मानव लाग्नुपर्ने बताएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कुनै पनि देशहरूले एक्लाएक्लै लडाइँ लडेर बिजयी नबन्ने भन्दै सबैको संयुक्त प्रयास जरुरी भएको बताएका छन् । महासचिव गुटेरसले यदि यो महामारीलाई विकसित मुलुकहरूमा मात्र नियन्त्रण गरियो र विकासोन्मुख देशहरूमा डढेलो जसरी फैलन दिइयो भने दशौँ लाख मानिसको ज्यान जान सक्ने चेतावनी दिएका छन् । यदी त्यसो भएको खण्डमा यो भाइरसले स्वरूप परिवर्तन गर्ने र यो विरुद्ध बनेका खोप पनि काम नलाग्ने गरि फेरि सबैलाई आक्रमण गर्न सक्ने चेतावनी दिदै महासचिव गुटेरसले कोरोना विरुद्धको लडाइँ सम्पुर्ण मानव जाति नै लाग्नुपर्ने बताएको बिबिसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :